
गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।
अमेरिकाको न्यूओर्कमा नयाँ बर्ष २०२२ बिशेष सांगितीक कार्यक्रममा लोकप्रिय गायक राजेश पाएल राई माथि स्टेज मै भएको दुब्र्यवहारको खबर यतिबेला विश्वब्यापी फैलिरहेको छ । कतिपयले सामान्य मानेपनि अधिकांश कलाकर्मिले दुखदायी भनेका छन् ।
यसैबिच गायक राजेश माथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पा सार्वजनिक भएका छन् । उनले गल्ति भएको भन्दै माफि मागेका छन् । उनले राजेशपायललाई हात जोडेर, खादा ओढाउँदै माफी मागेका हुन् । शेर्पाले माफी माग्दै भनेका छन्, ‘न्यू इयर इभको दिन भएकाले पनि म केही उत्तेजित भएँ । मैले उहाँलाई अंगालो हालेर उचाल्न खोजेको हुँ । तर, मेरो कारणले उहाँलाई कार्यक्रममा डिस्टर्ब भयो । म माफी माग्न चाहन्छु । म सबैसँग हात जोडेर माफी माग्छु ।’
आफूसँग भेटेरै माफी मागेपछि उनलाई माफी दिइएको राजेश पायलले बताएका छन् । ‘उहाँले मलाई आफैं भेटेर माफी माग्छु भन्नुभएछ । मेरो तर्फबाट उहाँलाई माफी छ । हामी मिलिसकेको जानकारी दिन चाहन्छु । म उहाँलाई गाली गरिदिनुस् ।’
यद्धपी यो बिषय दुईजना बिच मेलमिलाप भएता पनि नेपाली आयोजक टिमप्रति प्रश्न चिन्ह खडा भइरहेको छ । बिभिन्न कलाकर्मि तथा सर्वसाधारणले कलाकारको सुरक्षा नभएको र आयोजक टिमले लापरवाही गरेको बताएका छन् । यसै बिषयमा अमेरिकामा बस्ने ससङ लामाले माफि मागेको तस्बिर पोष्ट गर्दै फेसबुकमा लेखेका छन् ,
शिर उभाउनी ।
रिसको आवेगमा ‘तंलाई म नमारी छोडदिन’ भन्छन, तर मारी त हाल्दैन नि । त्यस्तै राजेश पायल राईको कन्सर्टमा, स्टेजैमा चढी पासाङ् दावा शेर्पाले राजेशलाई अभद्र ब्यवहार् गरे, जसको उनलाई पछुतो भयो र रक्सी र खादा लगि ुशिर उभाउनीु गरेर माफी मागे्र हाम्रो हिमाली संस्कार र किरांती संस्कारमा बिजुलि(पानी राखेर माफी मागी सकेपछी खुला हृदयले माफी दिन्छन , परापुर्वकाल देखी नै हाम्रा पुर्खाहरुले झगडा रगडा हुँदा यसरी नै सल्टाउँदै आएका छन , अब आगो माथि घिउ थप्ने काम नगरौँ ।
उनले यो घटनालाई अगाडी नबढाउनका लागी यसरी स्टाटस लेखेपनि । ‘पर लैजाउ फुलहरु, पोहोर साल खुसी फाट्दा, क्या दामी भो’ लगायतका दर्जनौं लोकप्रिय गीतका वरिष्ठ गीतकार राजेन्द्र थापाले प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्:
माफी माग्न ल्याइएर फोटा खिचेर कुरा सकिएको र राजेशले पनि माफी दिएको भावको यो तस्बिर आयोजकहरुको पहलतामा भयो । दुबै आयोजकले कडा उग्र जोशिलो भाषण दिएर साधारण लभिंग हगिंग लाई दुषप्रचार गरे संसार भरका नेपालीले जस्तो गरेर दोषि ठहर्याएका भिडियो पनि हेरियो । उनका फ्यान धेरै भएको ले यस्तो हुन्छ रे ।
तर गलत र भयानक अपराध भएको हो
। यस्तो तरिकाले मान्छे मारिन पनि सक्छ ।लामाजी तपाईं लाई मत्तुले यसरी माया गरेर घांटि अठ्याए मा पनि यो प्रेम नै होला । आयोजकहरुले सेक्युरिटी ब्यबस्थापन नगर्नु दोष हो । मायाले छुरा घोपेर माफी मागे गर्ने के ?
भिडियो रिपोर्ट हेर्नुहोस्ः
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: