
गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।
नेपाली चलचित्रको बजार बलिउड र हलिउडको तुलनामा निकै सानो छ । नेपाली भाषामा बनेको चलचित्र नेपाली भाषीहरुकालागी मात्र लक्षित हुन्छ तर भारतीय चलचित्र विश्वका थुप्रै देशका हेरिन्छ । नेपालमा बनेका नेपाली चलचित्र पनि सबै दर्शकसम्म पुग्न सकेको छैन । देशका कुनाकुनामा फिल्म हल बन्न सकेका छैनन् । बनेका ठाउँसम्म कतिपय दर्शक पुग्न सकेको अवस्था छैन । त्यसैले पनि नेपाली चलचित्रको बजार नेपालभित्र सिमित छ, त्यो पनि सिमित दर्शकसम्म ।
बलिउड र हलिउड चलचित्रको बजार विश्वब्यापी भएकाले पनि नेपाली चलचित्रका कलाकारहरुले त्यो ठुलो बजारमा काम गर्न पाए हुन्थ्यो भन्ने ठान्नु स्वभाविक हो । जुनसुकै नेपाली कलाकारले बलिउड अथवा हलिउडका चलचित्रमा जोडिन जाहानुहुन्छ, चाहे सानै भूमिका किन नहोस् । त्यसोत केहि नेपाली कलाकारहरु बिदेशका चलचित्रमाकाम गरेर राम्रो नाम पनि कमाईसक्नुभएको छ । उदाहरणका लागी कलाकार सुनिल थापालाई लिन सकिन्छ । उहाँले बलिउड चलचित्र ‘मेरिकोम’मा गरेको कामको निकै चर्चा भयो । साथै उहाँले अन्य बलिउड चलचित्रमा पनि काम गर्नुभएको छ । यस्तै अन्य नेपाली कलाकारहरुले पनि बलिउड चलचित्रमा काम गरिरहनुभएको छ ।
‘मलाई सुरुमा स्क्रिप्ट सुनाउँदा उहाँहरुको इनर्जी लेभल, सुनाउने तरिकाले पनि कुन लेभलको चलचित्र बन्छ भन्ने अनुमान लगाउन सकिन्थ्यो । त्यसले पनि काम गर्न झनै मन लाग्यो ।’
नेपालमा भारतको दक्षिण भेगका चलचित्र, तेलुगु अर्थात टलिउडको चलचित्र पनि निकै हेरिन्छ । हलमा प्रदर्शन नहुने तेलुगुका हिन्दी भाषामा डब गरिएका चलचित्रलाई युट्युवमा खुबै मन पराएको पाइन्छ । यसैबिच केहि नेपाली कलाकारहरुलाई तेलुगु चलचित्रको मोह बढेको देखिन्छ । नेपालकी लोकप्रिय नायिका आँचल शर्माले पनि तेलुगु चलचित्र ‘हिटम्यान’मा काम गर्नुभएको छ । पहिलोपटक बिदेशी चलचित्रमा काम गर्नुभएकी आँचलको ‘हिटम्यान’मा भारतबाट नेपाल आउने टिमसँग भेटभएपछिको अभिनय देख्न पाइनेछ ।
बिहीबार काठमाडौंको होटल सोल्टिमा आयोजीत चलचित्र घोषणा कार्यक्रममा चलचित्रको मोसन तस्बिरसँग टिजरपनि सार्वजनिक गरियो । जुन टिजरमा भने आँचललाई देखाइएको थिएन । भारतबाट नेपाल आएपछिको दृश्य समावेश गरिने टिजरमा आँचलसँगै अन्य नेपाली कलाकार रहने चलचित्रका निर्देशक तथा कलाकार बिष्णु अधिकारीले जानकारी दिनुभयो । ‘हिटम्यान’मा आँचलसँगै प्रशान्त ताम्राकार, मिलन सिजापती लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रका निर्देशक बिष्णु नेपाली मुलकै हुनुहुन्छ ।
कार्यक्रममा नायिका आँचलले तेलुगु चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । पहिलोपटक तेलुगु चलचित्रमा काम गर्दाको अनुभव सुनाउँदै भन्नुभयो । ‘मेरोलागी नयाँ अनुभव भयो । नेपाली कलाकारले तेलुगु चलचित्रमा काम गरेको छ भन्दा पनि नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व गरेको हो । त्यसैले नेपाली चलचित्र क्षेत्रलाई राम्रै कुरा हो ।’ नायिका आँचलले सुरुमै आँफूलाई चलचित्रको अफर गरेर स्क्रिप्ट सुनाउँदा नै आफूलाई काम गर्न मन लागेको बताउनुभयो । उहाँले अघि भन्नुहुन्छ, ‘मलाई सुरुमा स्क्रिप्ट सुनाउँदा उहाँहरुको इनर्जी लेभल, सुनाउने तरिकाले पनि कुन लेभलको चलचित्र बन्छ भन्ने अनुमान लगाउन सकिन्थ्यो । त्यसले पनि काम गर्न झनै मन लाग्यो ।’ आँचलले तेलुगु चलचित्रमा पनि काम गरेकी छु भनेर संख्या बढाउनका लागी मात्र काम नगरेको बताउनुभयो ।
यस्तै चलचित्रका निर्देशक तथा कलाकार बिष्णुले आँचल काम गर्न निकै सहज कलाकार भन्दै प्रसंशा गर्नुभयो । ‘राती ९ बजेको सुटिङको सिन थियो । जाडो समयमा पनि निकै हाडवर्किङ देख्दा खुसी लाग्यो ।’ बिष्णुले भन्नुभयो । ‘मैले इन्टरनेटमा हेर्दा घमण्डी नायिका भनेर भेटेको थिएँ तर त्यस्तो हुनुहुँदो रहेनछ ।’ यस्तै बिष्णुले चलचित्रमा आँचलसँग अन्य नेपाली कलाकारले नेपाली भाषामै कुरागर्ने बताउनुभयो । उहाँका अनुसार चलचित्र तेलुगु र नेपाली दुबै भाषामा डब गरिनेछ ।
Video Interview: Click Here
(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: