आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
गएको चैतमा नयाँ चलचित्र ‘हनी बनी’मा काम गर्ने सम्झौता गर्नुभएका अभिनेता अनमोल केसीले उक्त चलचित्रमा काम नगर्ने हुनुभएको छ । निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने भनिएको ‘हनी बनी’को स्क्रिप्ट पढेको दुई दिनमै अनमोलले चलचित्रमा काम गर्न तयार भएको भनिएको थियो तर, छायांकनमा निस्कने समयमा उहाले यो चलचित्रबाट हात झिक्नुभएको हो ।
निर्देशक भट्टराईले सहमतिमै अनमोल चलचित्रबाट निस्किएको बताउनुभयो । अभिनेता केसीले चलचित्रको चरित्र निर्वाह गर्न सक्नेमा शंका व्यक्त गरेपछि निर्माण टिम र उनीबीच अलग हुने सहमति भएको जानकारी प्राप्त छ । तर, अनमोलले चलचित्र छाड्नुको कारणबारे बताउनु भएको छैन । केही दिन वर्कसप समेत गर्नुभएका उहाको चलचित्रको छायांकनका लागि बेलायतको भिसा समेत आइसकेको थियो ।
अनमोलले साइन गरेको चलचित्र छाडेको यो पहिलो पटक होइन । यसअघि उहाले ‘ब्याचलर बन्टी’, ‘धुपौरे’ जस्ता चलचित्र साइन गरेर छाड्नु भएको थियो । अनमोलसँगै चलचित्रबाट अभिनेत्री सारा सिरपाली पनि अलग हुनुभएको छ । साराको भिसा नझरेपछि निर्माण टिमले उहाको ठाउँमा अभिनेत्री जसिता गुरुङलाई लिने तयारी गरेको छ । उहा अहिले बेलायतमै रहेको र स्क्रिप्ट पनि मन पराएकाले चलचित्रमा उहाको सम्भावना बलियो रहेको दीवाकरले बताउनु भएको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: