आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
नेपाली सांगितीक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएकी गायिका कला लम्साल यतिबेला क्यानडाका बिभिन्न शहरमा आफ्नो प्रस्तुती दिइरहनुभएको छ । गएको अप्रिल १६ मा नयाँ बर्षको अवसर पारेर क्यानडा जानुभएकी कलाले त्यहाँ रहनुभएका नेपाली दर्शकलाई आफ्ना गीतसंगीतको माध्यमबाट झुमाइरहनुभएको छ ।
एनसीएनसी र एनजेएसीको निमन्त्रणामा क्यानडा पुग्नुभएकी गायिका कलाले अहिलेसम्म टोरोन्टो, मन्ट्रेल, मिसिसागा, क्यालगरि, ब्राम्टोन लगायत बिभिन्न ठाउँमा प्रस्तुती दिइसकेको आर्टिष्ट खबरलाई टेलिफोनमार्फत जानकारी गराउनुभयो ।
कलाले गाउनु भएका दर्जनौं गीत मध्ये ‘किन झस्कियौ, धानको चामल धानैको चिउरा, लाहुरे, मुसुमुसु हाँस लगायतलाई कार्यक्रममा उपस्थित दर्शकले वान्स मोरको हुटिङ गरेका थिए । बिशेष गरी बढी लोकप्रिय बनेको उहाको ‘पातली’ बोलको तीज गीत सबै कार्यक्रममा धेरैपटक गाउनुपरेको कला बताउनु हुन्छ ।
‘म धेरै देशमा सांगितीक कार्यक्रमका लागी पुग्ने मौका पाएकी छु । तर अहिले क्यानडाको यो एक महिना लामो बसाईको क्रममा यहाँ रहनुभएका नेपाली दाजुभाई, दिदी बहिनीहरुको माया निकै पाएँ । नेपाली गीतसंगीत प्रतिको माया मैले सोचेभन्दा बढी पाएँ ।’ गायिका कलाले भन्नुभयो । ‘परदेशमा रहेर पनि नेपाली गीतसंगीतप्रतिको उहाँहरुको मायाका कारण भोलीको दिनमा मैले गीतसंगीतमा अझै राम्रो गर्नुपर्छ भन्ने महसुस भएको छ ।’
कला यहि २२ मे मा नेपाल फर्कने तयारीमा हुनुहुन्छ । एक महिना लामो क्यनडाको बसाईमा दर्जन बढी कार्यक्रममा सहभागी हुन पाएकोमा कलाले आयोजक टिमलाई धन्यवाद दिनुभयो ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: