आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
हाँस्यकलाकार केदारप्रसाद घिमिरे माग्ने बुढाको निर्देशनमा रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ आउँदो बुधबार अर्थात बुधबार देखि प्रसारण हुने भएको छ । कार्यक्रम एपिवान टेलिभिजनबाट प्रत्येक बुधबार राती ८ बजे प्रसारण हुनेछ । युटयुवमा भने मिडिया हवमार्फत हेर्न सकिने बताइएको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो। यस कार्यक्रम युवा हाँस्य व्यङ्ग्यकलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको टेलिभिजन कार्यक्रम हो । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हाँस्यविधाका चर्चित कलाकारले यस कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
एक दर्जनभन्दा बढी नयाँपुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्न लागेको हो। कार्यक्रममा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेश पन्त,सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किनेछन्।
जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिने जनाइएको छ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: