
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
अभिनेता राजेश हमालले आफ्नो ५८ औं जन्मदिन मनाउँदै आफू अभिनित नयाँ म्युजीक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गर्नुभएको छ । झक्तपुरको ससुराली रेष्टुरेन्टमा पत्रकार भेटघाट गर्दै गीतको सार्वजनिक गरिएको हो । सोहि कार्यक्रममा अभिनेता हमालको जन्मदिनको उपलक्ष्यमा म्युजीक भिडियो टिमको तर्फबाट केक काटियो ।
कार्यक्रममा ससुराली रेष्टुरेन्टको तर्फबाट पोष्टरमा अभिनेता हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो । त्यसै प्रसंगमा सञ्चारकर्मिले आज तपाईको कतिऔं जन्मदिन भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भन्नुभयो, ‘म जब १८ बर्ष पुगेको थिएँ त्यो समयदेखी उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला ।’
अभिनेता हमालले आफ्नो ५८ औं जन्मदिन मनाउनु भएको हो । जन्मदिनकै अवसरमा सार्वजनिक ‘गुन्द्रुक तिउन’ गीतको सार्वजनिक गर्न पाएकोमा खुसी ब्यक्त गर्दै हमालले अघि भन्नुभयो, ‘नेपाली मौलिक लोकगीतमा अभिनय गर्ने अवसर पाएँ त्यसका लागी टिमप्रति आभार ब्यक्त गर्छु ।’ राजु परियार र करुणा राईको स्वर रहेको गीतमा शब्द र संगीत गोविन्द पराजुलीको रहेको छ । यस्तै गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैले अभिनय गर्नुभएको छ । गीतमा लगानी पनि करुणाकै रहेको छ । भिडियोको निर्देशन देवेन्द्र पाण्डेयले गर्नुभएको हो ।
गायिका करुणाले आफूले ‘गुन्द्रुक तिउन’ सहित अभिनेता हमालसँग तीनवटा भिडियोा काम गर्न पाएको बताउनुभयो । उहाँले आफ्नो सानैदेखीको चाहाना पुरा भएको भन्दै खुसी ब्यक्त गर्नुभयो । ‘मैले कहिल्यै सोचेकी पनि थिइन की राजेश दाईसँग यसरी भिडियोमा काम गर्न पाउँछु । यो मेरोलागी ठुलो अवसर हो ।’ गायिका करुणाले भन्नुभयो । ‘राजेश दाईले दिनुभयोको साथ र माया प्रति सधैं सम्मान छ ।’
यस्तै भिडियोका निर्देशक देवेन्द्र पाण्डेयले सधैं बौद्धिक, सालिन भएरै सबैको मन जित्नुभएका राजेश हमालसँग आफूले यसअघि पनि धेरै कामसँगै गर्न पाएको भन्दै हमालको कामलाई लिएर सम्मान ब्यक्त गर्नुभयो । ‘नेपाली चलचित्र क्षेत्रमा अहिले पनि उत्तिकै सक्रिए राजेश दाई सधैं यस्तै भइराख्नुस् भन्न चाहान्छु । साथै मैले उहाँसँग पछिल्लो समय पनि धेरै सहकार्य गर्ने मौका पाएको छु । उहाँले आफूले गाएको गीतको भिडियो पनि निर्देशन गर्ने मौका पाएँ । त्यो मरोलागी खुसीको कुरा हो ।’ कार्यक्रममा शुभकामना दिनका लागी कलाकार उत्तम केसी (चुँईचुँई पारेर) पनि पुग्नुभएको थियो । उत्तमले जन्मदिनको शुभकामना दिँदै आफैले अभिनेता हमालसँग थुप्रै चलचित्रमा काम गर्ने मौका पाएको जानकारी गराउनुभयो ।
सार्वजनिक गीतको भिडियो रामकृष्ण चौलागाईले खिच्नुभएको हो भने स्टोरी देवा पौडेलको रहेको छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: