
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
नेपाली म्युजीक भिडियोको क्षेत्रमा झण्डै दुईसय भिडियोमा अभिनय गरिसकेका कलाकार सागर लम्साल ९बले० भन्छन्, ‘मैले अहिलेसम्म थारु जातिको पोशाक लगाउने अवसर पाएको थिइन । थारु समुदायसँग नजिक छु तर यो किसिमको पोशाक लगाएर नृत्य गर्ने अवसर अहिलेसम्म नमिलेपनि यो भिडियोबाट यो चाहाना पनि पुरा भएको छ ।’
बिहीबार काठमाडौंको सिलौटो रेष्टुरेन्टमा आयोजीत ‘बैंश दिन नमिल्ने सापटी’बोलको गीतको भिडियो रिलिज कार्यक्रममा सागरले आफ्नो भनाई राखेका हुन् । सागरले चितवनको थारु समुदायमै पुगेर भिडियोको छायांकन गर्दाको अनुभव साटेका थिए । भिडियोमा सागरसँगै यमुना रसालले नृत्य गरेकी छिन् ।
भिडियोको मेकिङ कन्सेप्ट भने कोरियोग्राफर तथा निर्देशक काजिश श्रेष्ठको हो । चितवनका बिभिन्न ठाउँमा पुगेर मौलिक पन दिन खोजिएको काजिशको भनाई छ । ‘यसअघि पनि मैले केहि भिडियोमा थारु समुदायमै पुगेर छायांकन गरेको छु । तर सागर जीसँगको यो मेरो तेस्रो सहकार्य हो ।’ काजिशले भने । ‘चितवनको गर्मिमा दुईदिन लगाएर भिडियो छायांकन गरेका हौँ ।’
गीतमा यज्ञ बिक र अस्मिता अधिकारीको स्वर रहेको छ । कार्यक्रममा गायक यज्ञले आफ्नो गीतको अडियोलाई भिडियोले पुर्णरुपमा न्याय दिएको बताए । उनले भने, ‘मैले अडियोमा जसरी मिहिनत गरेको थिएँ त्यो अनुसारकै भिडियोको टिमले पनि मिहिनत गरिदिनुभयो र आज राम्रो भिडियो बन्यो ।’ भिडियोकी कलाकार यमुनाले पनि आफूले पहिलोपटक फरक अनुभव लिएको सुनाइन् ।
गीतमा यज्ञकै संगीत रहेको छ । नेत्र अर्यालले शब्द लेखेका हुन् । सुनिल परियारले संगीतको एरेन्ज गरेका छन् । भिडियो राजेश घिमिरेले खिचेका हुन् भने दीपक बिष्टलेको सम्पादन गरेका हुन् ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: