बिन्दाबासिनी अवार्डः दिपक जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

Posted on: December 09, 2016

मंसिर, काठमाडौं । गायक तथा संगीतकार दिपक जंगमलाई 'बिन्दाबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड' प्रदान गरीएको छ । शुक्रबार राजधानीमा आयोजीत ७ औं बिन्दाबासिनी अवार्डमा उनलाई नगद ५१ हजार ५ सय ५१ रुपैया सहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरीएको हो ।

dipak-jangamसंगीतकार जंगम बिगत लामोसमय देखी गीतसंगीतको क्षेत्रमा सक्रिय छन् । बि.सं २०१० सालमा भक्तपुरमा जन्मिएका जंगमले किन किन तिम्रो तस्विर, गाजलु ति ठूला ठूला आखा, एउटा मान्छेको मायाले कति, सावनको झरी बने लगायतका चर्चित गितहरुको संगीत गरिसकेका छन् । उनी एक कुशल गायक पनि हुन् ।

dipak-jangamप्राध्यापक जंगमले आर.आर. कलेज र पि.के क्याम्पसमा संगीत पढाउने गर्दथे । dipak-jangam



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]