जीवन लुईटेलका फ्यानहरुले खोले जीवनको नाममा फ्यानक्लब

Posted on: December 11, 2016

मंसिर, काठमाडौं । नायक जीवन लुईटेलको नाममा उनका फ्यानहरुले उनकै नाममा फ्यानक्लब खोलेका छन् विभिन्न ठाउँबाट काठमाडौंमा आएर अध्ययन गरिरहेका फ्यानहरुले शनिबार त्रिपुरेश्वरस्थित दि भ्याली रेष्टुरेन्टमा ‘जीवन लुईंटेल फ्यान क्लब’ खोलेका हुन् । सो कार्यक्रममा जीवन लुईटेल पनि उपस्थित थिए ।

jiwan-luitel-with-fans५० भन्दा बढी फ्यानले आँफुहरु नायक जीवन लुईटेलको निकै ठुलो फ्यान भएको भन्दै क्लब नै खोलेको बताए । काठमाण्डौको टुँडिखेलमा भेला भएर उनका फ्यान उनको तस्बिर अंकित टिसर्ट लगाएर त्रिपुरेश्वरसम्म पुगेका थिए । -

यसरी फ्यानहरुलाई जम्मा गर्ने काम गेहेन्द्र बमले गरेका हुन् । गेहेन्द्रका अनुसार फ्यान क्लब भएपनि यसको खास संरचना छैन । आफ्नो फोटो छात्तीमा टाँसेर कोहि हिड्ला भन्ने आफूले नसोचेको जीवनले बताए । -

नायक जीवन पनि आफ्ना फ्यानहरुलाई देखेर केहि भावुक देखिन्थे । साथै उनले आफ्ना कामबाट आफ्ना फ्यानहरुलाई कहिल्यै निराश गराउने काम नगर्ने बताए ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]