'प्रेम गीत २' को छायांकन शुरु, निर्माता सन्तोष भन्छन्- स्तरिय बनाउन कुनै कसर बाँकी राख्दैनौं

Posted on: December 12, 2016
मंसिर, काठमाडौं । चलचित्र 'प्रेम गीत २' को छायांकन शुरु भएको छ । गतबर्षको सफल चलचित्र 'प्रेमगीत' को दोस्रो संस्करणको रुपमा तयार गरीने यस चलचित्रको सोमबार पशुपति मन्दिरमा शुभमुर्हत गरीएको हो । चलचित्र नेपालसहित थाइल्याण्ड, बर्मामा यो चलचित्रको छायांकन हुने बताइएको छ । premgeet-2-shooting-startआशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई रामशरण पाठकले निर्देशन गर्दैछन् । यो तेश्रो चलचित्र हो । चलचित्रका निर्माता सन्तोष सेनले गतबर्षको सफल चलचित्र भन्दा अझ स्तरिय बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् । - यस भन्दा अघि चलचित्रका नायक र नायिका घोषणा गरीसकिएको थियो । नायक प्रदिप खड्का र नव नायिका अश्लेषा ठकुरी चलचित्रको भुख्य भुमिकामा रहनेछन् । साथमा राजाराम पौडेल, प्रशान्त घिमिरे, भुवन चन्द, श्रद्धा प्रसाई, कैलाश कटुवाल, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य, सौरभ क्षेत्री लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]