बर्षा राउतको जन्मदिनमा जात्रावाली केक, भन्छिन् दर्शकलाई फेरी हिट चलचित्र दिन्छु

Posted on: December 13, 2016

मंसिर, काठमाडौं । नायिका बर्षा राउतले आफ्नो जन्मदिनमा दर्शककै अगाडि केक काटेकी छिन् । राजधानीको कुमारीहलमा गएर 'जात्रा' हेरेर निस्किएका दर्शकहरु सँगै बसेर केक काटेकी हुन् । Barsha Raut Birthday celebrationचलचित्र जात्रा टिमसँगै उनले 'जात्रावाली' लेखीएको केक दर्शकलाई पनि आफ्नै हातले खुवाएकि थिइन् । उनले अभिनय गरेको 'जात्रा' र 'छक्का पञ्जा' यतिखेर हलहरुमा लागिरहेको छ । जन्मदिनको केक काटेर पहिलो केक जात्राका कलाकार बिपिन कार्कीलाई खुवाइन् भने दोस्रो केक प्रेमी संजोग कोइरालालाई खुवाएकी थिइन् । Barsha Raut Birthday celebrationनायिका बर्षाले आफुले अभिनय गरेका सबै चलचित्रहरु सफल हुँदै गएको र आफुँलाई लक लागेको पनि बताइन् । साथै यसपछिको चलचित्र के आउँदैछ भन्ने हाम्रो प्रश्नमा उनले चलचित्रमा अफर धेरै आएको तर स्क्रिप्ट खासै मन नपरेकोले अहिले नै भन्न नसक्ने बताइन् ।

Barsha Raut Birthday celebrationसाथै उनले अब आउने चलचित्र पनि हिट नै हुने खालको दर्शकमाझ लिएर आउने पनि बताइन् । बर्षाले जन्मदिनको केक जात्राका निर्देशक प्रदिप भट्टराई तथा जात्रा टिम सबैलाई खुवाएकी थिइन् । Barsha Raut Birthday celebration

Barsha Raut Birthday celebration



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]