युवा अवस्थामै अवार्ड प्रदान गरीनुपर्छ जसले उत्साह थपियोस्ः रामकृष्ण ढकाल

Posted on: December 14, 2016

मंसिर, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा अवार्ड थाप्ने प्राय पाको उमेर भैसकेकाले देखिन्छ । अवार्ड प्रदान गर्ने आयोजक संस्थाहरुले पनि लामोसमय देखी उसको योगदान हेरेर दिने गरेका हुन्छन् । कतिपय अवार्डहरु स्रष्टाहरु मरेर गइसकेपछि पनि दिने गरेको पाइन्छ । Ram krishna dhakalगायक रामकृष्ण ढकालले केहि दिन अघिको बिन्दाबासिनी अवार्ड कार्यक्रममा बोल्दै अवार्ड युवा अवस्थामै दिन सकियो भने काममा उत्साह मिल्ने र अझ राम्रा गीतसंगीतहरु ल्याउन प्रोत्साहन मिल्न बताएका थिए ।

- साथै उनले आफुँलाई दिएको संगीत रत्न सम्मान प्रति पनि आँफुलाई युवाअवस्थामै दिएको भन्दै खुसी ब्यक्त गरेका थिए । नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याउने धेरै युवाहरु भएकाले त्यस्ता युवाहरुलाई पनि बेलैमा उत्साह पुर्वक सम्मान गरीनुपर्ने उनको भनाई थियो ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]