विल्सन विक्रम हिन्दी चलचित्रमा, आयषा टाकियाको जोडी बने

Posted on: December 14, 2016

मंसिर, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । १५ सिनका लागी चलचित्रमा अनुबन्धित भएका बिल्सन पर्दामा आयषा टाकियाको जोडी बनेका छन् । विल्सनले अभिनय गरेको चलचित्रको निर्माण युनिटको आग्रहमै नाम भने खुलाइएको छैन । wilson-bikram-in-hindi-movie१० दिनसम्म सुटिङमा रहने विल्सनलाई केही समयअघि नेपालमा कन्सर्ट गर्न आएका सांगीतिक समूहका सदस्यले सिफारिस गरेका थिए । अहिले भारतको महाराष्ट्रको पुनास्थित एक कोलोनीमा फिल्मको सुटिङ भइरहेको छ । उनी चलचित्रमा ढाका टोपी लगाएर अभिनय गरेको बताइएको छ । उनलाई चलचित्रको सम्पुर्ण दृश्यमा ढाका टोपीमा देख्न सकिनेछ । wilson-bikram-and-aayasha-takiyaचलचित्रमा आयषा र वील्सन सहित मराठी फिल्मकी अभिनेत्री सुप्रिया पिलजंकर, नील भूपालान, राजश्री देशपाण्डे, र बाल कलाकार सर्ताज कक्कर मुख्य भूमिकामा छन् । पण्डेमोनियम पिक्चर्सको ब्यानरमा निर्माण भईरहेको फिल्मलाई पुष्कर सिंहले छायाँकन गरिहेका छन् । -

यसअघि कलाकार सुनिल थापा पनि बलिउड चलचित्रमा अभिनय गरीसकेका छन् । सुनिलले बलिउड चलचित्रमा अभिनय गरेपछि उनको चर्चा अझ चुलिएको थियो ।


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]