सुरज चापागाई 'बान्द्रे' विवाह बन्धनमा बाँधिए, स्कुलको मिससँग प्रेम गरेका थिए

Posted on: December 16, 2016

पुस, काठमाडौं । हाँस्य कलाकार सुरज चापागाँई ‘बान्द्रे’ विवाह बन्धनमा बाँधिएका छन् । हाँस्य टेलिश्रृंखला मेरीबास्सैबाट आँफुलाई बान्द्रेको रुपमा स्थापित गराएका सुरजले काठमाण्डौं चण्डोलकी उषा तिम्सिनासँग बुधबार बिवाह गरेका हुन् ।

suraj-chapagain-bandreकलाकार सुरजले प्रेम विवाहलाई मागी विवाहमा परिणत गरेका बताउँछन् । उनले एक वर्ष अघि गोंगबुको एक स्कुलमा प्रस्तुतीका लागी जाँदा उषासँग पहिलो भेट भएको बताए । उषा त्यहि स्कुलको शिक्षिका थिइन् ।

- कार्यक्रमका लागी गोंगबुको स्कुलमा गएको थिए, स्कुलमा पढाउने मिस मन पर्यो अनि नम्बर मागेर बोल्न थालियो , अनि बिस्तारै मायाप्रेम बढ्दै गएछ, प्रेम गरेको १ बर्ष नहुँदै बिवाह भएको हो हाम्रो, सुरजले आर्टिस्ट खबरसँग भने ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]