अनमोलको 'ब्याचलर बन्टी' बन्ने

Posted on: January 03, 2019
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नायक अनमोल केसीले ५० लाख पारिश्रमिक लिएर काम गर्ने भनिएको चलचित्र ‘ब्याचलर बन्टी’ निर्माण हुने भएको छ । केहिसमय अघि चलचित्र बन्ने नबन्ने अन्योल भइरहँदा यसै चलचित्रका निर्देशक मिलन चाम्सले पक्का भएको बताएका हुन् । हालै एक कार्यक्रममा निर्देशक मिलन चाम्सले आफ्नो र अनमोलको समय मिलाएर चलचित्र गर्ने बताएका छन् । 

बुधबार निर्देशक चाम्स, निर्माता सुदीप खड्का र अभिनेता अनमोलबीच भएको छलफलबाट चलचित्रको छायांकन बैशाखबाट सुरु गर्ने सहमती भएको छ । अर्थात् अनमोलले आफू अभिनीत दुई चलचित्र ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ प्रदर्शन भएपछि उक्त चलचित्र गर्नेछन् ।  यसअघि ‘ब्याचलर बन्टी’ आउँदो फागुनमै प्रदर्शन हुने भनिएको थियो तर बिभिन्न कारणले छायांकन रोकिएको थियो । अब भने आउँदो वर्षको भदौ १३ गतेबाट यो चलचित्र प्रदर्शन हुने बताइएको छ ।  यो चलचित्रमा पनि नायक अनमोल नवनायिकासँग अभिनय गर्नेछन् । यसअघि नै उकुसा गिरी नायिकामा फाइनल भइसकेकी छिन् ।   अनमोल अहिले ‘ए मेरो हजुर २’ को अन्तिम छायाँकनमा व्यस्त छन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]