किन माग्न पर्यो आँचलले माफि ?

Posted on: January 27, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

केहि समय अघि बिना जिम्मेवारी बोलेको कुराको कारण नायिका आँचल शर्माले माफि माग्नुपरेको छ । चलचित्र ‘दाल भात तरकारी’को गीत रिलिज कार्यक्रममा पुगेकी नायिका आँचलले पत्रकारका अगाडी माफि मागेकी हुन् ।

दुई साता अघिमात्रै नायिक आँचलले एक म्युजीक भिडियोको छायांकनमा दाल भात तरकारी टिमले कुनै पनि अन्तर्वार्तामा बोल्न नदिएको आरोप लगाएकी थिइन् । त्यसै सन्दर्भमा कार्यक्रममा पत्रकारले प्रश्न गरे तर दालभात टिमको तर्फबाट निर्माता किरण केसीले कुनैपनि कलाकारलाई अन्तर्वार्तामा बोल्नका लागी बन्देज नगराएको प्रष्ट पारेका थिए । ‘म म्युजीक भिडियोमा पनि काम गर्छु, कहिलेकाही हामीले जे गर्दापनि गाली नै पाइन्छ । कतिले मलाई म्यूजिक भिडियो किन गरेको भनेर पनि प्रश्न राख्नुहुन्छ । मलाई पनि दर्शक दोधारमा पर्नुहुन्छ भन्ने लागेको थियो । यसैले म्यूजिक भिडियो आँउदा, युटुबमा इन्टरभ्यू आउँदा दर्शकलाई दिक्क लाग्छ कि भन्ने मलाई लागेको थियो । यसैले चलचित्रको बाहेक अरु विषयमा केही महिना नबोलौं भन्ने लागेको हो ।’ आँचलले अन्तर्वार्ता किन दिनुभएन भन्ने प्रश्नको उत्तरमा भनिन् ।

कार्यक्रममा पत्रकारले फेरी प्रश्न गरे ‘के तपाईंहरुको मुड अनुसार पत्रकार चल्नुपर्ने हो ? तपाईंहरुले बोल्न चाहँदा बोल्ने, बोल्न नचाहँदा नबोल्ने हो ?’ आँचले फेरी भन्छिन् ‘नरम तरिकाले सोध्नुहोस् न, डर लाग्दैन हामीलाई । यसका लागि म क्षमा माग्न चाहन्छु ।’ पत्रकारले फेरि भने–‘कृपया तपाईंहरुका लागि हामीले रातदिन नभनी काम गरेका छौं । कृपया तपाईंहरुले हाम्रो पनि सम्मान गरिदिनुहोला ।’

आँचलले केहि समय अघि राजेन्द्र हुमागाँईको स्वरमा रहेको एक गीतको पेप्सीकोलामा भएको भिडियो छायांकनको समयमा उनले अन्तर्वार्ता नदिँदा केहि मिडियाका पत्रकारहरुलाई फर्काएकी थिइन् । त्यो समयमा चलचित्र दालभात तरकारी टिमले आँफूलाई कतैपनि बोल्न नदिएको बताएकी थिइन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]