आर्टिष्ट खबर, माघ, काठमाडौं ।
आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ब्रेकअप’ टिमले प्रमोशन तिब्र पारेको छ । यसैबिच आइतबार राजधानीको पुल्चोक इन्जिनियरिङ कलेजमा चलचित्र टिमले ब्रेकअपबारे जानकारी गरायो । कलेजका बिद्यार्थी माझ कलाकार आशिरमान देशराज जोशी, रेमन दास श्रेष्ठ, इच्छा कार्की र निर्देशक हेमराज बिसी पुगेका थिए ।
‘तपाईहरुको ब्रेकअप भएको छ कि नाई ?’ आशिरमान र रेमन दासले स्टेजबाट यस्तो प्रश्नगर्दा बिद्यार्थीहरुले आफ्नो प्रेमको ब्रेकअप सम्झिँदै हात उठाए तर कलाकारहरुले प्रश्नलाई घुमाउँदै चलचित्र ब्रेकअपको बारेमा जानकारी दिइरहेका थिए । ‘तपाईहरुको हामीसँग प्याचअप हुने फागुन १७ मा हो त्यसैले हलसम्म पुग्नुहोला ।’ रेमनले भने । निर्देशक हेमराजले चलचित्रको कथाको बिषयमा जानकारी गराए । उनले बिशेषगरी बिद्यार्थीहरुले हेर्नुपर्ने चलचित्र भएको जानकारी दिए ।
नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको यो चलचित्र प्रेमकथामा आधारी छ । चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय छ । चलचित्र रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको सम्पादनसुरेन्द्र पौडेलले गरेका छन् ।
video:
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । चलचित्र ‘द म्यान फ्रम काठमाण्डौ’मा समा
February 18, 2019
मुम्बई (एजेन्सी) । बलिउड चलचित्र 'अजव प्रमकी गजव कहानी'को से
February 18, 2019
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: