
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
चलचित्र ‘वीर विक्रम २’ र मेमे नेपाल नामक युट्युव सञ्चालक प्रनेश गौतम बिचको विवाद थप जटिल बन्दै गएको छ । चलचित्र टिमले प्रनेश बिरुद्ध मुद्धा हालेपछि उनी अहिले प्रहरी हिरासतमा छन् । चलचित्र निर्माण टिमले कलाकारहरुको मानहानी गरेको भन्दै मुद्धा हालेको थियो ।
यस्तै बुधबार प्रनेशको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रता विरुद्धको हस्तक्षेप भन्दै राजधानीमा प्रदर्शन भएको छ । प्रनेशको रिहाइको माग गर्दै स्वतन्त्र रूपमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । युवा विद्यार्थीहरूले गौतमको पक्राउ अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले गौतमलाई तत्काल रिहा गर्न मागसमेत गरेका छन् । ‘पहिला फिल्म गतिलो बना न !!’, ‘फिल्म इन्डस्ट्रीको दादागिरी बन्द गर’, ‘सरकार हामीले यो देशमा बोल्न पनि नपाउनु’ लगायतका नारासहितका प्लेकार्ड बोकेर गौतमलाई रिहा गर्न माग गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै उनीहरूले मुखमा टेप लगाएर प्रदर्शन गरेका थिए ।
मिम नेपालकालागि प्रनेशले गरेको फिल्म समीक्षालाई लिएर फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले प्रहरीमा उजूरी दिएका थिए । प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरी अदालतमा हाजिर गराएको थियो। अदालतले थप अनुसन्धानका लागि गौतमलाई थुनामा राख्न आदेश दिएको थियो ।यता चलचत्रिका निर्माता मिलनले बुधबार नै रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै अहिलेको अवस्थाबारे जानकारी गराएका छन् । उनले प्रनेशलाई जेल हाल्ने मनशाय नभएको प्रष्ट पारेका छन् । उनले समिक्षा गरेको भन्दा पनि कलाकारहरुको मानहानी हुनेगरी समिक्षा गरिएको भन्दै उनी बिरुद्ध उत्रिएको प्रष्ट पारेका थिए ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: