
आर्टिष्ट खबर/साउन, काठमाडौं ।
गायक रामजी खाँणले ‘राष्ट्रिय साधना म्युजीक अवार्ड’बाट उत्कृष्ट लोक गायकको अवार्ड पाएका छन्। नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा डेढ दशकदेखी निरन्तर लागिरहेका उनले अहिलेसम्म ८ हजार भन्दा बढी लोकगीतमा आफ्नो स्वर दिइसकेका छन् । रामजीले यसबर्षको ‘ढल्के बरे’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड उचाल्न सफल भएका छन् । उत्कृष्ट पाँच मनोनयमा परेका रामजीले अन्य चार गायकलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।
गएको सोमबार राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न ‘राष्ट्रिय साधना म्युजिक अवार्ड’ पुर्वमन्त्री तथा संघीय सांसद पम्फा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जम्मा ३८ बिधामा प्रदान गरिएको यस अवार्ड ग्रहण गर्दै रामजीले आयोजक टिमलाई धन्यवाद दिए । उनले आफ्नो गीतको मुल्यांकन गर्दै अवार्ड दिन योग्य ठहरिएकोमा जुरी परिवारलाई पनि धन्यवाद ब्यक्त गरे । रामजीले अहिलेसम्म लोकगीत बिधाकै दुई दर्जन बढी अवार्ड हात पारिसकेका छन्।
स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं ४ मा जन्मिएर कर्मथलो काठमाडौं बनाएका रामजीले अहिलेपनि करिब दिनैपिच्छे एक गीत रेकर्ड गराएकै हुन्छन्। रामजी अहिले एपिवान टेलिभिजनमा प्रसारण भइरहेको ‘नेपाल लोक स्टार’का जज मध्येका एक पनि हुन्।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: