
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
अहिले नेपाली चलचित्रमा काम गर्ने नायिकाहरु समुन्द्री किनार अथवा स्विमिङ पुलमा गएर खिचिएका बिकिनी तस्बिर सामाजिक सञ्जालहरुमा पोष्ट गर्न थालेका छन् । कतिपय नायिकाहरु चचाकै लागी त्यस्ता तस्बिर सार्वजनिक गरेको पनि देखिन्छ। केहि समय अघिमात्रै अहिलेकी चर्चित नेपाली नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले बिदेश घुमघामको क्रममा समुन्द्री तटमा गएर बिकिनी तस्बिर सार्वजनिक गरिन् । जुन तस्बिरले नेपाली चलचित्रक्षेत्रमा निकै चर्चा पाए । त्यो चर्चा नसकिँदै उनै साम्राज्ञीले आफ्ना प्रेमीसँगको चुम्बन तस्बिर सार्वजनिक गरिन् । मस्ति मुडका तस्बिरहरु साम्राज्ञीले एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेकी छिन् । यस्तै लगत्तै अर्कि नायिका सुस्मा कार्कीले पनि स्विमिङ पुलमा गएर बिकिनी तस्बिर सार्वजनिक गरिन् । अहिले चलचित्रको अफर नआएर फुर्सदिली बनेकी सुस्माका तस्बिर पनि समाचार बने ।
यस्तो नायिका प्रियंका कार्कीले पनि बेलाबेलामा गर्मि भयो भन्दै स्विमिङ पुलमा खिचिएका तस्बिर सार्वजनिक गरिरहन्छिन् । यी त भए चलचित्रक्षेत्रका नायिकाहरुका कुरा । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा चर्चित मोडलले पनि बिकिनी तस्बिर सार्वजनिक गरेकी छिन् । मोडल तथा नायिका दिपाशा बिसीले दोहोरी गीतका सयौं भिडियोहरुमा अभिनय गरेकी छिन् । यस्तै सात वटा चलचित्रमामा पनि अभिनय गरिसकेकी छिन्। उनी दिपाशाले आफ्नो अफिसियल फेसबुक पेजमा ‘फोटो सुट’ लेख्दै बिकिनीका तीन तस्बिर सार्वजनिक गरिन् । दिपाशालाई भिडियोमा दर्शकले धेरैजसो सारी तथा चोलोमै देखेका छन् ।
उनका यस्ता हट अवतारका तस्बिर दर्शकले कमै देख्छन् । दिपाशाले आफूले चर्चाका लागी भने यस्तो नगरेको बताउँछिन्। उनले चर्चाका लागी नभई गर्मिको समय र कामको थकान भएकाले रिफ्रेसका लागी स्विमिङ गएको बताउँछिन् । ‘चर्चाका लागी यस्ता तस्बिर खिचाउनुु पर्छ जस्तो लाग्दैन । अहिले लगातार तीज गीतको सुटिङमा ब्यस्त छु। थकान महसुस पनि भएको थियो र रिफ्रेसका लागी स्विमिङ गएका बेला खिचिएको तस्बिर हो।’ दिपाशाले भनिन्। ‘गर्मिको समयमाक समयको सदुपयोग मात्रै हो।’दिपाशाले यो बर्षको तीज गीतमा अहिलेसम्म १५ वटा म्युजीक भिडियोमा अभिनय गरेको जानकारी दिइन् । दिनहुँजसतो सुटिङमा ब्यस्त रहने दिपाशाले यो तीजका लागी करिब २५ भिडियोमा अभिनय गर्ने अनुमान लगाइन्। विस २०६४ सालमा शोभित बस्नेतले निर्देशन गरेको ‘दुलही रानी’बाट आफ्नो चलचित्रयात्रा सुरु गरेकी दिपाशाले ‘दुलही रानी’ ‘झेली, ओएमजी, गहिराही, बिरानो माया, छाल’, ‘रमिता’ चलचित्रमा काम गरिसकेकी छन्। साथै निर्देशक नवल खड्काको आगामि चलचित्र ‘काँडे तार’का लागी पनि कुरा भइरहेको जानकारी दिइन्।
यो समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: