धुर्मुस—सुन्तली पुननिर्माण दूतमा नियुक्त

फागुन, काठमाडौं । हाँस्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई सरकारले भूकम्पपछिको पुननिर्माणका लागि सद्भावना दूतमा नियुक्त गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सीइओ गोविन्द पोखरेलले जानकारी दिँदै भनेका छन्, – ‘धुर्मुस सुन्तली पुननिर्माणमा एकिकृत बस्ती विकासमा जनचेतना जगाउनको लागि एनआरएको सद्भावना दूत नियुक्त हुनुभएको छ, उहाँहरुलाई धन्यवादका साथै बधाई पनि छ ।’

उनीहरुले व्यक्तिगत पहलमा काभ्रेको गिरानचौर लगायतका भूकम्प प्रभावित स्थानमा अस्थायी बस्ती निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेका छन् । पोखरेल गत महिनामात्र प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

धुर्मुस सुन्तलीले अहिले महोत्तरी जिल्लाको बर्दिबासमा रहेका मुसहर बस्तीका लागी एकिकृत नमुना मुसहर बस्ती निर्माण गर्दैछन् । बस्ती निर्माणको काम ५० प्रतिशत सरीएको धुर्मुस सुन्तली फाउण्डेसनले जानकारी दिएको छ । बस्ती आउँदो बर्षको बैशाख १ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ ।