लोक मौलिक धुनको अभ्यासमा पञ्च र श्रबण

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

पञ्च लामा र श्रबण लामाले अढाई दशकदेखि जापानमा रहेर ‘चौतारी समुह’  सांगीतिक समुह स्थापना गरी आफ्नो छुट्टै पहिचान बनाई सकेका छन् । जापानमा नियमित नेपाली साँगीतिक कार्यक्रम प्रस्तुत गर्दै आईरहेका यी दुई कलाकार यतीबेला काठमाडौमा छन् । यी जोडी एक साता यताबाट नेपाली लोक मौलिक धुनको प्रस्तुति अभ्यासमा व्यस्त छन् । काठमाडौंमा बिगत जस्तै यसपटक पनि यी जोडीले आफ्नो मौलिक धुनहरु सहितको साँगीतिक कार्यक्रम ‘चौतारी साँझ’ प्रस्तुत गर्दैछन् ।

यो कार्यक्रम चेतना सन्देश नेपालको आयोजनामा आगामी २६ पुष शनिबार बेलुका ४ बजेबाट लतिलपुर, जाउलाखेल स्थित डिएभी स्कुल स्थित बुद्ध हलमा दुई घन्टा प्रस्तुत हुने छ । उनीहरुलाई नेपाल चर्चित बेस गिटारबादक अनुप दासले, गिटारमै जापानी कलाकार तेराकादो मित्सुगु र तालबादनमा शम्भु बानियाँले साथ दिनेछन् । बिगत एक दशकदेखि पञ्च र श्रबणले हरेक वर्ष जनवरीमा यो कार्यक्रम आयोजना गर्दै आएका छन् ।

उनीहरुले हरेक पटक यो कार्यक्रममा नयाँ नयाँ मौलिक धुन र दृष्य सामग्रीहरु प्रस्तुत गर्दै आएका छन् । नेपाल आएपछि विभिन्न स्थानमा पुगेर नेपालका प्राकृतिक रमणीय स्थालको छायाँकन गरी त्यहीँ स्थानीय धुन सृजना गर्ने यी जोडी ती धुनसँगै नेपालको प्राकृतिक मनोरम दृष्यमा पनि कार्यक्रममा प्रस्तुत गर्दै आएका छन् ।

यी दुईले १७ वर्षदेखि आफ्नै लगानीमा द्धन्द्ध पीडित बालबालिकाका लागि बालगृह सर्लाहीको घुर्कैलीमा सञ्चालन गर्दै आएका छन् । यही सँगीतिक कार्यक्रम २९ पुषमा द्धन्द्धबालगृह घुर्कौलीको प्राँगनमा पनि प्रस्तुत गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष २०७४ सालमा र राष्ट्रपति विधादेवी भण्डारी समक्ष गतवर्ष कार्यक्रम प्रस्तुत गरेर यी जोडी राष्ट्रपतिबाट सम्मानित समेत भईसकेका छन् ।

सर्लाहीको हरिवन ५ घुर्कौलीको सामान्य किसान परिवारमा जन्मेका पञ्च लामाले सानै उमेरमा गोठाला जानेक्रममा बाँसुरी बजाउने गरेका थिए । पछि कलिलो उमेरमै काठमाडौं आएर सँगीतिकार गोपाल योञ्जनको छत्रछायाँमा उनी बाँसुरीबादक भए । पञ्च लामाले नेपाल पुलिस क्लब र रेडियो नेपालमा कर्मचारी भएर सँगीतकारको रुपमा काम समेत गरे ।

त्यतिबेला उनले अरुण थापाको गीत चोट केहो ब्यथा केहो…, कुन्ती मोक्तानको फैलियो मायाँ दुबो सरी…, माथि माथि सैलुँगेमा…, प्रेमराजा महत र रेखा शाहको सिमसिमे पानीमा…सहित थुप्रै गीतमा धुन भरेका थिए । रेडियो नेपालको चर्चित बनचरी धुन..सहित थुप्रै धुन पञ्चले नै सृजना गरेका हुन् ।

रेडियो नेपालमा रहेर केही वर्ष धुन सृजना गरेपछि २०५० सालमा कार्यक्रम प्रस्तुतिका लागि उनी जापान पुगेका हुन् । त्यहाँ गएर उनले सँगीतिक प्रस्तुतिका क्रमामा धुन खोज्न सिडी पसल घुमे । सँसारको लोक धुनको सिडी पाईने जापानका सँगीत पसलमा नेपाली धुन नपाएपछि उनी दुःखी भए । त्यसपछि पञ्च जापानमै बसे । सोत्र mममा नेपालबाट लोक कलाकार बोलाएर नेपाली लोकधुनहरु सृजना रेकडी गरी जापानका पसल पसलमा उनले लोकधुानको सिडी वितरण गरे । सो क्रममा विविध धुनका सिडी निकालेका उनले त्यहाँ विभिन्न कार्यक्रम गरे ।

सोही क्रममा उनले जापानमा चौतारीसँगीतिक समुह स्थापना गरेका थिए । पञ्चकै प्रेरणाले भाई श्रबण पनि बाद्यबादनमा लागेका हुन् । उनी २०५५ मा जापान गएर दाईसँगै चौतारी ब्यान्डमा तवला बादकको रुपमा आबद्ध भए । यी दुईले जापान सहित करिब १५ मुलुकमा साँगीतिक कार्यक्रम गरिसकेका छन् ।

‘अब नेपालको मौलिक धुन सहित यहाँका प्रकृतिक सुन्दता, सामाजिक जनजीवन, रीतिरिवाज एवम् विविध संस्कृतिलाई साँगीतिक कार्यक्रममार्फत श्रव्यदृष्यगत रुपमा संसारमा प्रचार गर्ने अभियानमा छौं । नेपाल पछि विभिन्न मुलुकमा हामी यो वर्ष जाँदैछौं ।’ यी दाजुभाईले भने ।