रात्रीकालिन ब्यावसायी तथा कलाकार आन्दोलित

गोपिकृष्ण चापागाईं / मंसिर, काठमाडौं ।

नेपालमा कोरोना संक्रमण फैलन थालेपछि बन्द गरिएको रात्रीकालिन ब्यावसाय अझै सरकारले खोल्नेअनुमति दिएको छ । बिशेषगरी दोहोरी साँझ तथा अन्य रात्रिकालिन मनोरञ्जन ब्यावसाय पनि अन्य ब्यावसाय जस्तै खोल्ने अनुमति पाउनुपर्छ भन्दै सयौं ब्यावसायी तथा कलाकारहरु सडकमा उत्रिनुभएको छ ।

‘‘अन्य ब्यावसाय जस्तै सुरक्षाका मापदण्ड अपनाएर रात्रिकालिक ब्यावसायपनि खोल्न पाउनु पर्ने माग राख्दै माइतघर मण्डलामा झण्डै तीनघण्टा शान्तिपुर्ण आन्दोलन गरेका थिए ।’’

ब्यावसाय बन्द गरेको ९ महिना पुग्दा हजारौं कलाकारहरु बेराजगारी भएको र खानै मुस्किल परेको भन्दै सरकारलाई दबाब स्वरुप लगातार शान्तिपुर्ण आन्दोलनमा उत्रिने दोहोरी साँझ ब्यावसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौंको माइतीघर मण्डलामा बिहीबार दिउँसो १ बजेदेखीनै सयौं कलाकार तथा ब्यावसायीहरुले शान्तिपुर्ण आन्दोलन गर्नुभएको थियो । ‘हामी यो कुरामा अचम्मीत छौं कि, सार्वजनिक यातायात खुल्ने, अन्य रेस्टुरेन्ट खुल्ने, तर रात्रिकालिन रेस्टुरेन्ट किन खोल्न नदिने ? अहिले रातिमा ब्यावसाय चलाउनेहरु मात्र होइन, रातिको रेस्टुरेन्टमा बसेर खाने गाह्रकहरु पनि भिडभाडमा बस्न रुचाउनु हुन्न । अब सबै आँफै सचेत भइरहेका छन् । रात्रिकालिन ब्यावसायलाई मात्र किन यति धेरै अप्ठ्यारोमा पारेको ?’ बिनोदले भन्नुभयो । ‘हाम्रो आग्रह छ, सरकारले हाम्रो ब्यावसाय खोल्ने अनुमति दिवस्, सुरक्षित तरिकाले ब्यावसाय सञ्चालन गर्नेछौं ।’

झण्डै तीनघण्टा चलेको आन्दोलनमा ‘गरिखान देऊ, सरकार हाम्रो रोजगार कहिलेसम्म बन्द गछौं, रातमा मात्रै कोरोना सर्दैन, अरु ब्यावसाय सरह खोल्न देऊ, ब्यावसाय खुलाउँ मजदुरको चुल्हो बालौं’ लगायतका नारा लेखिएको पप्लेट लिएर कलाकार तथा ब्यावसायी आन्दोलीत थिए । ‘९ महिना सम्म भाडा तिरेर बसेका छौं । घरबेटीले छुट गर्ने कुरा गर्दैनन् । नत सरकारले नै भाडा छ्ुटको ठोस निर्णय गर्छ । यस्तो अवस्थामा हामी के गर्न सक्छौं, बाध्य भएर सडकमा उत्रिएका हौं ।’ दरबारमार्गमा दोहोरी साँझ सञ्चालन गरिरहनु भएकी कलाकार बबिता बानिया ‘जेरी’ले भन्नुभयो । ‘सुरक्षित कसरी हुनुपर्छ, त्यो सबैकुरा अपनाएर ब्यावसाय सञ्चालन गछौं, मात्र खोल्ने अनुमति दिएपुग्छ ।’

नेपालभरी दोहोरी साँझमा मात्रै काम गरेका झण्डै ३० हजार र प्रत्यक्ष तथा अप्रत्यक्ष काम गरिरहेका ५० हजार कलाकारहरुलाई असर परेको दोहोरी ब्यावसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमा मात्र दोहोरी ब्यावसायीपनि हजार बढी प्रभावित भएका छन् । ‘अन्य कार्यालय, सपिङ मलहरु खुलिसकेका छन् । रात्रिकालिक ब्यावसायहरुमा पनि अन्य ठाउँमा जस्तै सुरक्षाका मापदण्ड अपनाएरै खोल्छौं । सरकारलाई यो कुरामा ढुक्क हुन आग्रह गर्दछौं ।’ दोहोरी साँझका बाद्यबादक तथा गीतगाउन कलाकारहरु मध्ये कतिपयले बैकल्पिक रोजगारीका लागी बालुवा बोक्ने तथा ईट्टा भट्टीमा काम गर्न थालेको पनि बिनोदले जानकारी दिनुभयो ।

अर्का लोकदोहोरी कलाकार श्याम रानाले पनि सरकारले कलाकारको कुरा सुन्दै नसुनेको गुनासो गर्नुभयो । यस्तै सालघारी दोहोरी साँझमा गीत गाउने काम गरिरहनु भएका युवा कलाकार साईमान भट्टराईले सरकारको दृष्टिमा रात्रिकालिन ब्यावसाय नराम्रो भन्ने परेको बताउनु हुन्छ । उहाँले रातीको समयमा मात्र कोरोना सर्ने हो र भन्दै सरकारलाई प्रश्नगर्नुभयो । उहाँले भन्नुहुन्छ, ‘रात्रीकालिन ब्यावसाय लाई सरकारले किन नराम्रो दृष्टिले हेरिरहेको छ ? अन्य ब्यावसाय जस्तै सुरक्षाका मापदण्ड अपनाएर खोल्छौं भनिरहेको अवस्थामा हाम्रो कुरा सुन्दैसुनेको छैन । ९ महिनासम्म काठमाडौंको ठाउँमा बेरोजगार भएर बस्नु निकै गाह्रो कुरा हो ।’

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)