मेयर बालेनलाई ज्योती मगरको यस्तो सुझाव

...

माघ काठमाडौं । 
गायिका ज्योती मगरले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई सुझाव दिएकी छिन् । उनले फेसबुकमार्फत जनप्रतिनिधिबाट कामको अपेक्षा गर्न नसकिने धारणा राखेकी छिन् । उनले लेखेकी छिन्, मेयर साहेबको पनि फेस्बुकमा जुहारी खेल्दा खेल्दै दिन बित्ने भो बरै, नेपाल हो केटा हो कहाँ जनप्रतिनिधिबाट कामको अपेक्षा गर्या, कुरा सुन्ने हो कुरा, तर मलाई मेयर साहेबको कुरा लास्टै मिठो लाग्छ, लब यु मेयर साब, कीप फाइटिङ, कीप ब्याटल अन सोसल मिडिया ।

‘चोरी खान पल्केको, घण्टा, पिरतीमा दम छ’ जस्ता सयौँ गीतहरु गायकी ज्योतीको पछिल्लो समय ‘कान्छी मुसुकै पैसा भुसुक्कै’ बोलको गीत सार्वजनीक भएको छ । उक्त गीतलाई धेरै दर्शकहरुले मनपराएका छन् ।  उनी यतीवेला गायन रियालिटि शो ‘नेपाल लोक स्टार’ सिजन २ को निर्णायक समेत रहेकी छन् ।

केही दिन अगाडि मेयर बालेन र कमेडी क्लब विथ च्याम्पियनका निर्देशक बिशाल भण्डारी बिच फेसबुकमा कमेन्ट मार्फत भनाभन भएको थियो । जहाँ भण्डारीले ‘भत्काको बाहेक बनाएको देखिएन, साथि अब बनाम’ लेख्दै स्टाटस पोष्ट गरे सोहि पोष्टमा शाहले ‘तिमी पैसा कमाउन आएका हौ, तिम्रो अस्तित्व पैसा बाहेक केही छैन’ लेख्दै उक्त स्टाटसको जवाफ फ्रर्काय, यतीमै उनीहरुको ब्याटल सकिएन । पुन भण्डारीले ‘मैले प्रश्न सोधेको, माफ पाउ श्री ८ बालेन शाह, भत्काउनु बाहेक के गर्नु भयो लेख्दै प्रश्न गरे उक्त स्टाटस्को जवाफ मेयर शाहबाट पनि आयो ।

जवाफमा उनी लेख्छनः प्रश्न सोधन पाइन्छ भाइ, काम गरि रहेका मान्छेलाई रातीराती दुख दिन मिल्दैन, तिम्रो गाउँको मेयरले के गर्दै छ थाँहा छ लेख्दै प्रश्न गर्दछन, यस पश्चात भण्डारी के कम उनी ३२ नम्बर वडा बासी भएका कारण उनलाई जवाफ फ्रर्काउन कुनै आइतबार पर्खनु परेन । यस पछि केही सञ्जालमा गएर भण्डारीले बोलेता पनि मेयर शाह यस विषयमा केही बोलेका छैनन् ।