शाहरुख खानको  ‘पठान’ आजबाट प्रदर्शनमा

...

माघ, काठमाडौँ । 
बलिउड चलचित्र  ‘पठान’ आजबाट विश्वब्यापी प्रदर्शनमा आएको छ । शाहरुख खानको मुख्य भूमिका रहेको यो चलचित्रलाई शाहरुखको कमब्याक चलचित्रको रुपमा हेरिएको छ । यो चलचित्रले नेपालको इतिहासमै सबैभन्दा धेरै शो पाएको छ । 
यो चलचित्रले क्यूएफएक्समा मात्रै १ सय १२ शो पाएको छ । यो क्यूएफएक्सले आजसम्म सिनेमालाई उपलब्ध गराएको सबैभन्दा धेरै शो हो । 

‘पठान’ले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा पनि नयाँ रेकर्ड बनाएको छ । ११२ शो पाएर रेकर्ड ब्रेक गरेको छ । यसअघि ‘केजिएफ च्याप्टर–२’ले सुरुआती शो ९३ पाएको थियो ।

शाहरुखको बहुप्रतिक्षित चलचित्र ‘पठान’ले नेपाली हलमा रिलिज अगाडि नै शो को रेकर्ड कायम गर्दा बक्स अफिस कलेक्सनमा पनि रेकर्ड बनाउने धेरैको अनुमान छ । 
शाहरुख चार वर्ष पछि एक्सन थ्रिलर ‘पठान’ लिएर हलमा देखिन लागेका हुन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘पठान’मा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, सिद्धार्थ आनन्दलगायत कलाकारको अभिनय छ । चलचित्रमा सलमान खानलाई पनि केमियो भूमिकामा देख्न सकिनेछ ।