‘पठान’को सर्वाधिक ओपनिङ

...

माघ, काठमाडौं । बलिउड चलचित्र ‘पठान’ले सर्वाधिक ओपनिङ गरेको छ । शाहरुख खान स्टारर बलिउड चलचित्र ‘पठान’ले बुधबार हिन्दी संस्करणमा मात्र ५० देखि ५२ करोड भारुको हाराहारीमा ओपनिङ गरेर किर्तिमानी राखेको छ । 

बलिउड हंगामाका अनुसार यो बिदा नभएको दिनमा समेत सर्वाधिक ओपनिङ गर्ने रेकर्ड समेत बनेको छ । भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिलिज भएको चलचित्र देशभर हाउसफुल रह्यो । भारतका तीन ठूला मल्टिप्लेक्स चेन पीभीआर, आईनक्स र सिनेपोलिसमा मात्र फिल्मले २६.५० करोडको कमाइ गरेको तरण आदर्शले जनाएका छन् । 

गणतन्त्र दिवसको बिदाको दिन भएकाले बिहीबार फिल्मको कमाइमा उछाल आउने आँकलन भारतीय सञ्चारमाध्यमले गरेका छन् । दुई दिनमै १०० करोड पार गर्ने फिल्म समेत पठान बन्ने प्रक्षेपण गरिएको छ । चार दिनको लामो सप्ताहन्त भएकाले फिल्मको कमाइ यसबीच २०० करोड भारु आसपास पुग्ने देखिन्छ । तेलुगू र तमिल संस्करणबाट थप तीन करोड कमाइ भएको जनाइएको छ ।