नायक पुष्पले गरे ३४ बर्षमा ब्रतबन्ध

...

माघ, काठमाडौँ । नायक पुष्प खड्काले ३४ बर्षको उमेरमा व्रतबन्ध गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ब्रतबन्ध गरेका तस्बिर सहित उनले जानकारी दिएका हुन् । उनले पारिवारिक सदस्य र पण्डितको उपस्थितीमा आफ्नो ब्रतबन्ध सम्पन्न गरेको जानकारी गराएका हुन् ।
 
उनले लेखेका छन्, आज मिती माघ १२ गते बिहीवार २०७९ सरस्वती पूजाको मुर्हतमा हाम्रो पुरानो घर ”जन्म घर ” मेरी मम्तामयी आमा ,बुवा दिदी बहिनी साथी इस्टमित्र छिमेकी अनी नजिक का नातेदार अनी मेरा आदर्णीय पन्डितजि सबैको उपस्थिती र आशिर्वाद संगै म पुष्प खड्का को ब्रतबन्ध काम सम्पन्न गरेउँ । सबै जनालाई मेरो धन्यवाद ।

विवाहको तयारी
नायक पुष्पले ब्रतबन्ध गरेसँगै बिवाहका लागी बाटो खुलेको र तयारी पनि गरेको बताएका छन् । उनले घरबाट बिवाहका लागी दबाब आइरहेकाले आफूले बिहे बारे सोचेको बताए । उनले एकबर्ष भित्रमा बिहे गर्ने तयारीमा जुटेको पनि बताएका छन् । पुष्पको अभिनय रहेको नयाँ चलचित्र मनसँग मन यही माघ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।