सुरु भयो ‘नम्बरी सुन’को छायांकन

...

माघ, काठमाडौँ । नयाँ चलचित्र ‘नम्बरी सुन’को छायांकन सुरु गरिएको छ । श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै शुक्रबारबाट छायांकन सुरु गरिएको हो । चलचित्रमा समावेश गीतबाट छायांकन सुरु गरिएको निर्माण टिमले जानकारी दिएको छ । 

राजु गिरीको निर्देशन रहने चलचित्रमा नारायण खातीको कथा तथा प्रस्तुती रहनेछ । चलचित्रमा गौरव पहारी, नम्रता सापककोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत,  माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ । 

numbary-sun-movie-shooting.jpg

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने चलचित्रमा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् । 

नम्बरी सुनमा अर्जुन पोखरेल र  सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक रहने छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने छ मुख्य  सहायक निर्देशनमा जिबन गौतम रहेका छ्न  भने  प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छ । चलचित्र लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायंकान गरिनेछ ।