दयाहाङ र प्रकृतिको ‘बिहे पास’ पोस्टर सार्वजनीक

...

माघ, काठमाडौँ ।आगामी नयाँ बर्षको बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बिहे पास’को टिमले महा शिबरात्रीको अबसर पारेर पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक तीन पोस्टरमा प्रमुख कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिसिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपानेलाई देख्न पाइन्छ । निर्माण टिमले प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने नारा दिएको छ । 

प्रवेश पौडेलको निर्देशन, रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको हो । 

आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ । शिब ढकालले खिचेको चलचित्रमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायतका कलाकारको समेत अभिनय छ । डिपी खनालको शब्द रहेको फिल्मको गीतमा प्रबेश मल्लिकको संगीत छ भने रामजी लामीछानेको कोरियोग्राफी, शैलेन्द्र प्रधानको पाश्र्व संगीत अनि मित्र गुरुङको सम्पादन छ । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् । 

फस्र्टलुक सार्वजनीकसँगै चर्चामा रहेको फिल्मको टिजर बुधबार अर्थात् १० फागुनमा बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।