सचिनले ल्याए ‘मरिहत्ते’ गीत

...

चैत, काठमाडौँ । गायक सचिन रौनियारको नयाँ गीत ‘मरिहत्ते’ सार्वजनिक गरिएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै गीतको भिडियो पनि सार्वजनिक गरियो । गीतमा सन्तोष सुनारको शब्द र सङ्गीत रहेको छ ।  गीतको भिडियोमा गायक सचिनसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ । 

‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ। निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’, गायक रौनियारले भने, ‘डिजिटल समयमा ए मान्छेपछि कम्ब्याक भए।  समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु।’ गायक रौनियार छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत स्थापित भएका हुन् । 

Song Release Event.jpeg

अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगैसंदेश दिने जानकारी दिईन्। ‘गृहणीको भूमिकामार्फत दैनिकीमा देखिने समास्या र सामाजिक दायित्वलाई यसमा समेटेका छौँ’, अभिनेत्री ढुङ्गानाले भनिन्।कार्यक्रममा कुन्ती मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मा, निर्मल शर्मा लगायतको उपस्थिति थियो ।

निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कम्जोर रहेको दम्पतिको कथा देखाईएको छ। बच्चालाई जीवनको अमुल्य सपना बनाएका दम्पतिले स्वास्थ्यसमस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ। भिडियोमा हरी हुमागाईंले छायाङ्कन र विकास धमलाको सम्पादनले गर्नुभएको छ ।