चलचित्रमा हिम्मतवालीको भूमिकामा काम गर्न चाहन्छिन् सरिता

...

चैत, काठमाडौँ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा संघर्ष गरिरहेकी कलाकार हुन् सरिता दान्कुटी । ६ बर्ष अघि सिता केसी र प्रदिप त्रिपाठीको स्वरमा रहेको ‘बास्ना धुपैको’ बोलको गीतको भिडियोबाट मोडलिङ यात्रा सुरु गरेकी सरिताले आजसम्म १ सय ५० बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । उनै सरितालाई अहिले चलचित्रका लागी पनि बिभिन्न अफर आउने गरेको बताएकी छिन् । 

कलाकार सरिताले चलचित्रमा समाज परिवर्तन गर्न भूमिका खेल्ने हिम्मतवाली महिलाको क्यारेक्टरमा काम गर्ने चाहाना रहेको बताएकी छिन् । ‘चलचित्रका काम गर्ने रुचि छ । केहि अफर पनि आएका हुन् तर कतिपय भूमिका आफूलाई मन पर्दैन ।’ सरिताले आर्टिष्ट खबरसँग भनिन् । ‘चलचित्रका काम गर्दा समाज परिवर्तन गर्ने खालको भूमिका होस् । आफूले गरेको कामले समाज परिवर्तनमा केहि भूमिका खेलोस् भन्ने हो । हिम्मतवालीको भूमिकामा काम गर्ने इच्छा छ । चलचित्र पनि मनोरन्जनसँगै जनचेतामुलक होस् भन्ने लाग्छ ।’

sarita-dankuti-photo.jpg

सरिताले चलचित्रमा काम गर्दा हतार नगरि निर्णय लिने बताउँछिन् । उनले चलचित्रनगरी एक ठुलो क्षेत्र भएकाले सोचबिचार गरेर अगाडी बढ्ने बताइन् । उनले अहिले म्युजिक भिडियोको मोडलिङबाटै आफूलाई निखार्दै लगेकी छिन् । उनलाई नृत्यमा पनि निकै रुचि छ । उनले फेसबुकको प्रोफाइलको  इन्ट्रोमै लेखेकी छिन्, ‘डान्स फस्ट थिंक लेटर’ । उनले रियो छमछमीको सिजन ४ मा उनले भाग लिएकी थिईन् । उनले बिटुडि डान्स स्कुलमा पनि नृत्य सिकाउने गर्छिन् । उनले मोडलिङ गरेको गीतहरुमध्ये ‘तगारो’, ‘मनका डिलहरु’, ‘बरको डाली’, ‘दरम खोला’ लगायत सफल छन् । 

धादिङमा जन्मिएकी, नुवाकोटको केउरिनीमा हुर्किएकी सरिता हाल पोखरामा बस्दै आएकी छिन् । पढाइको सिलसिलामा पोखरा पुगेकी उनले कला, अभिनय र गीत, संगीतलाई संगसंगै अघि बढाएकी छिन् ।

 

तस्बिर स्रोतः सरिता दान्कुटी