रात्रीकालिन मनोरन्जन ब्यावसायिक संघद्धारा सकम्बरी गीत हटाउन आग्रह, नहटाए आन्दोलनमा उत्रिने चेतावनी

...

बैशाख, काठमाडौं । रात्रीकालिन मनोरन्जन ब्यावसायिक संघ नेपालले प्रकाश सपूतको सकम्बरी गीत प्रति आपत्ति जनाएको छ । गीतमा प्रयोग भएका शब्द र भिडियोले रात्रिकालिन ब्यावसायमा काम गर्ने कलाकारहरुमाथि प्रहार भएको भन्दै युट्युवबाट भिडियो हटाउन आग्रह गरिएको छ । 

संघले मंगलबार जारी गरेको बिज्ञप्तीमा नेपाली नारीहरुको अस्मिताको रक्षा गर्न र भूकम्प, नाकाबन्दी र कोरोनापछि थलिएको रात्रीकालीन मनोरन्जन ब्यावसायको नकारात्मक प्रचार नगर्न अनुरोध गरिएको छ । अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारीले हस्ताक्षर गरेको बिज्ञप्तीमा भिडियो र गीतको केहिशब्द प्रति आपत्ति रहेको भन्दै घोर निन्दा र भत्र्सना गरिएको छ । 

330245237_227737269841196_9064946941203911309_n.jpg

अध्यक्ष खड्काले बिज्ञप्तीमा भनिए बमोजिम भिडियो नहटाइए केहिदिनमा आन्दोलनमा उत्रिने बताएका छन् । हामीले आग्रह गरेका हौं, भिडियो हटाउनुस् केहि शब्द मिलाउनुस् । यदि मान्नुहुन्न भने आन्दोलनमा पनि उत्रिन्छौं, अध्यक्ष खड्काले आर्टिष्ट खबरसँग कुरागर्दै भने ।