क्यान्सरलाई जितेपछिको देविकाको आत्मकथा ‘जित्नेको हाँसो’

...

बैशाख, काठमाडौँ । 

यस्तै रहेछ यहाँको चलन
जित्नेको हासो हासो
हार्नेको आँसु आँसु
मेरो छैन केही हजुरलाई गुनासो।

ख्यातिप्राप्त गायिका देविका वन्दनाले शम्भुजित बासकोटाको संगीत र दिनेश अधिकारीको शब्द रचनामा गाएको वर्षौंसम्म पनि उनलाई थाहा थिएन, एक दिन आप्mनो जीवन पनि यही गीतका हरफसँग मिल्दा जुल्दा हुनेछन्। क्यान्सरजस्तो विश्वकै भयावह अवस्थामा पैmलिएको प्राणघातक रोगले छुनेछ र त्यसलाई जितेर जित्नेको हाँसो हाँस्छु भन्ने कल्पना पनि उनले गरेकी थिइनन्। क्यान्सर र क्यान्सरजस्तै हार्नेहरुलाई आँसुमा डुबाएको अनेकन् रोगले कतिपय घरलाई पिरलेको देखेकी उनले भने यसलाई पनि जितेरै छडिन्।

यो गीतपश्चात् देविकाले सयौं सुगम, फिल्मी, भक्ति, राष्टिझय भावनाका गीत गाएर आफुलाई हरेकपटक उच्च कोटीको गायिकाका रुपमा प्रस्तुत गर्दै आइन्। नेवारी र नेपाली गीतका साथमा हिन्दी गीतसमेत गाएर गायन यात्राको सीमा मिच्दै गइन्। तर, सिंगो विश्वलाई कोरोनाले पिरलिरहेको बेला उनी भने स्तन क्यान्सरको फेला परिन्। शुरुका दुखाइलाई देविकाले सामान्य ठानिन्, दुखाइ हराउने र एन्टियोबाइटिक औषधि खाएर टार्दै गइन्। तर, जब दुखाइ र गिर्खाले पछ्याइरहे, व्यवसायी पति महेशमान सिंह र परिवारले उनलाई परीक्षण गर्न कर गरे। 

परीक्षणबाट थाहा लाग्यो उनलाई स्तन क्यान्सर भइसकेछ। सामान्य पेट दुखाइका लागि राष्टझ प्रमुख, उपप्रमुख, सरकार प्रमुख तथा नेता र पहुँच हुनेहरु विदेश धाइरहेका बेला देविका भने स्वदेशमै क्यान्सरको उपचार गरेर स्वस्थ भइन् र ती सबैबारे डायरीमा टिपोट गर्दै गइन्। उनको डायरीलाई सबैले बुझ्ने भाषामा चिरन बरालले लेख्नेदेखि प्रकाशन गर्नेसम्मको कार्य गरी तयार भयो क्यान्सरलाई जितेपछिको देविकाको आत्मकथा जित्नेको हाँसो। जसको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंशले विमोचन गरे। देविकाको आत्मकथाको विमोचनमा उनको कथा र पीडा सुनेपछि कार्यक्रमका सहभागीले हलमै आँसु झार, कार्यक्रम हल आँसुमय बन्न पुग्यो।

IMG_0371 (1).jpg
क्यान्सरबारे धेरै सुनेको थिएँ। तर, मलाई नै क्यान्सर भइसकेछ भन्ने सुन्दा पत्याउनै गाह्रो भयो, छक्क परेँ। दिल्ली गएर उपचार गर्ने कि भन्ने कुरा भयो। तर, नेपाल क्यान्सर अस्पतालमै उपचार गरेँ। उपचारका क्रममा केमियो थेरापी गर्दा कपाल पूरै झड्डयो। पछि अप्रेसन भयो। अबचाहिँ पूर्णरुपले ठीक छु। कपाल पनि आइसक्यो, देविकाले सामान्य हुने प्रयास गर्दै कार्यक्रममा सुनाइन् क्यान्सरसँग जुधिरहेको बेलामा पनि मैले आप्mनो काम गर्न छोडिनँ। स्टुडियोमा गएर गीत रेकर्ड गराईरहेँ, आर्ट गरिरहेँ, कुकिङ र ह्यान्डीक्राप्mटको काम पनि गरिरहेँ।

मलाई माफ गर्नुहोला मैले त्यो बेलामा आप्mनो अस्वस्थताबारे कसैलाई भनिनँ। किनभने तपाईंहरु कसैलाई पनि चिन्ता र पीरमा पार्न चाहिनँ। म कसैको विचरा हुन सक्दैन थिएँ। कसैको विचरा होइन म। देविकाले आत्मविश्वासले नै आपूmले क्यान्सरलाई जित्न सकेको बताइरहँदा हलमा प्रमुख अतिथि मह जोडीदेखि लिएर सबैजना सुक्क सुक्क गरिरहेका सुनिन्थे।

त्यसलगत्तै क्यान्सरपछि गरिएको उपचार र उनका गतिविधि अनि अभिव्यक्ति मिसिएको भिडियो फुटेज देखाइँदा हलमा सुनिएको सुक्क सुक्कको आवाज घुक्क घुक्कमा परिवर्तन हुन पग्यो। यो वातावरणलाई चिर्दै कार्यक्रम सञ्चालक नरेश भद्मराईले कार्यक्रमलाई नयाँ मोड दिने कोशिस गरे। जसअनुसार नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले क्यान्सरजस्तो रोगसँग लडिरहेका बेलामा पनि गीत रेकर्ड गरेर नयाँ कीर्तिमान राखेकाले उनलाई प्राप्त यस विषयको वल्र्ड बुक्स अफ रेकर्डस् हस्तानरण गरिन्।

कार्यक्रममा सार्वजनिक पुस्तकको समीक्षा गर्दै समीक्षक प्रकाश सायमीले जित्नेको हाँसो देविकाको तेस्रो जन्म पुनर्जन्म भएको चर्चा गरे। यो एउटा कुशल गायिकाले मात्र लेख्न सक्ने कथा हो। नेपाली आत्मकथामा यो पुस्तक महत्वपूर्ण छ। यसमा देविका वन्दनाको आप्mनै आत्मा छ, सायमली भने। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले देविकाको कथाले ऊर्जा भरिएको महशुस भएको बताइन्। हामी महिला सशक्तीकरणको कुरा गरिरहेका हुन्छौं, उहाँले प्रमाणित गरेर देखाइसक्नुभएको छ। कुकिङ, आर्टिस्ट, घर सिँगार्ने, परिवार र बच्चाको रेखदेख गर्ने अनि आप्mनो कर्म पनि गर्ने उहाँ हामी सबैका लागि प्रेरणा बन्नुभएको छ। उहाँबाट मलाई ठूलो ऊर्जा मिलेको छ, राणाले भनिन्।

अभिनेत्री वसुन्धरा भुसालले देविकाले डक्टर छोरी घरमै लिएर आएको बेला उनलाई क्यान्सर भएको थाहा भएको र छानाबाट खसेजस्तो भएको बताइन्। क्यान्सर भएको रहेछ, तर त्यस्तो कोरोनाको बेलामा पनि उनी गीत गाइरहेकी हुन्थिन्। मेरो कारणले कसैलाई पीर नहोस् भनेर नभनेको दिदी भनिन्। उनले भनेजस्तै उनी गएपछि म रातभरि सुत्न सकिन वसुन्धराले भक्कानिँदै भनिन् सकारात्मक सोचका कारण उनले क्यान्सरलाई सजिलै जितिन्। कार्यक्रमको माहोल फेरि आँशुमय हुन पुग्यो।  त्यसलाई चिरेर हसाउने कोशिस गर्दै मदनकृष्ण श्रेष्ठले भने हिजोआज म रुन्चे कलाकार भएको छु। आज यहाँ रोएँ भने मलाई सबैजना मिलेर गिज्याउनु। तर, मदनकृष्णले आफुलाई धेरै बेर सम्हाल्न सकेनन्।

मदनकृष्णका कुराले आंशुमय बन्न पुगेको कार्यक्रमलाई सम्हाल्ने कोशिष गर्दै हरिवंश आचार्यले भने रुने कथा मसँग पनि छ, तर म एक्लै रुन्छु। अघि देविकाजीको डकुमेन्टझी हेर्ने बेलामा पनि एक्लै रोएँ। अरुले देख्लान् भनेर आँशु पुछिन र हिजोआज रुने कारण धेरै छैन। देविका मार्वलले बनेको राम्रो मान्छेजस्तो लाग्थ्यो, मार्वलको देवी हुनुहुँदो रहेछ। पछिल्लो समयमा आएर देवीलाई बोका काटेर चढाएको जस्तै, पूmलमालाले हानेजस्तै, भेटीले हानेजस्तै उहाँलाई क्यान्सरले हानेको रहेछ। तर, मार्वलको देवीले पटक्कै रियाक्ट गर्नुभएन।

कसैलाई थाहा पत्तो नदिकन त्यत्रो बज्रपातलाई जित्न सफल हुनुभयो। तपाईं साँच्चिकै देवी हुनुहुँदो रहेछ र सरस्वती हुनुहुँदो रहेछ। देविकाको आत्मकथा नेपालीसँगै अंग्रेजी भाषामा पनि सार्वजनिक गरिएको छ। माधवकुमार पौडेलद्वारा अनुवाद गरिएको यसको अंग्रेजी संस्करणलाई विनर्स गेल नाम दिइएको छ। पुस्तक बुक हिलले प्रकाशन गरेको हो।