अमेरिका पुगेकी एलिसाले नेपाली गीतमा डान्स सिकाउँदै (भिडियो रिपोर्ट)

...

जेठ, काठमाडौँ । झण्डै चारबर्ष अघि एउटै स्टेजमा ४१ घण्टा ५ मिनेट लगातार नरोकिएरै नाँचेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राखेका थिए । जुन रिपोर्ट आर्टिष्ट खबरले त्यो समयमा सार्वजनिक गरिसकेको थियो । तिनै दिदी बहिनी मध्येकी एक एलिसा श्रेष्ठले अहिले अमेरिका पुगेर अमेरिकामै डान्स सिकाइरहेकी छिन् । 

बुबा आमा नेपाली भएपनि अमेरिकामा हुर्किएका बालबालिकाले नेपाली भाषा, संस्कृति बिर्सिदै गएकाले नेपाली गीतसंगीतबाट भएपनि केहिहदसम्म नेपाल बारे चिनारी दिन सकिने एलिसाको भनाई छ । 

कतिपय अमेरिकी नागरिकलाई पनि नेपाली गीतमा छमछम नचाउने एलिसाको भनाई छ । नेपाली गीतसंगीत र नेपाललाई अमेरिकामा चिनाइरहेकी छिन् । उच्चा शिक्षा हासिल गर्नका लागी अमेरिका पुगेकी एलिसाले समय मिलाएर डान्स सिकाउने गर्छिन् । 

alisha-shrestha-america.jpg

अमेरिकाको टेक्ससमा रहेका नेपालीहरुको संस्था नेपाली समाज टेक्सासमा आबद्ध भएर एलिसाले नृत्य सिकाइरहेकी छिन् । यसैबिच नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले एलिसा आफ्नो टिममा जोडिएपछि बालबालिकाहरुले निकै राम्रो नृत्य सिक्न पाएको बताउँछन् । यस्तै नेपाली समाज टेक्सासका महासचिव सन्देश उप्रेतीले पनि एलिसा आइसकेपछि नृत्यमा आफूहरुको संस्थाले ठुलो फड्को मार्न सफल भएको बताएका छन् ।  
यस्तै एलिसासँग नृत्य सिक्न पाउँदा आफूहरुलाई खुसी लागेको बालबालिकाहरुले सुनाएका छन् । एलिसाले पनि भिडियो सन्देश पठाएकी छिन् ।