चलचित्र ‘कार्साङ’ मा दयाहाङ राई अनुबन्धित

...

जेठ, काठमाडौँ । अभिनेता दयाहाङ राई नयाँ चलचित्र  ुकार्साङु मा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्र ‘कार्साङ’लाई याम शेर्पाले लेखेका छन् भने निर्देशन पनि उनकै रहनेछ । चलचित्रमा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । 

चलचित्रको ९० प्रतिशत छायांकन बाह«बिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने । उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।