‘बगान’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

...

असार, काठमाडौँ । यहि असार २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘बगान’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । सरोज खनालको डेब्यु निर्देशन रहेको यो चलचित्रको सार्वजनिक तीन मिनेट लामो ट्रेलरले एकल महिलाको पुनर्विवाहको विषयवस्तु प्रस्तुत गरेको छ । 

चलचित्रमा करिश्मा मानन्धरले एकल महिलाको भूमिका निर्वाह गरेकी छन् । एकल महिलासँगको प्रेम गर्ने पात्रको भूमिकामा सरोजले अभिनय गरेका छन् । करिश्माकी छोरीको भूमिकामा प्रमिला कार्की देखिएकी छिन् । एकल महिलाको पुनर्विवाहको कथावस्तुमा ट्रेलर घुमेको छ ।

चलचित्रमा प्रमिला र आकाश श्रेष्ठको जोडी बाँधिएको छ । नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्माको समेत यसमा अभिनय छ । स्वप्न नीरवको पटकथा रहेको चलचित्र मौलिक सामाजिक कथावस्तु रुचाउने नेपाली दर्शकलाई रुचिकर हुन सक्छ । चलचित्रलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा विनोद मानन्धर छन् ।