चलचित्र ‘रक्तबीज’को निर्माण घोषणा, सौगात मल्लको मुख्य भूमिका रहने

...

पुस, काठमाडौं । नयाँ चलचित्र ‘रक्तबीज’को निर्माण घोषणा गरिएको छ । चलचित्रमा संजय न्यौपानेको लगानी रहनेछ । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । 

निर्माण न्यौपानेले यसअघि ‘प्रेम दिवस’ चलचित्र निर्माण गरेका थिए । उनले थुप्रै चलचित्रमा अभिनय समेत गरेका छन् । यो चलचित्रमा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहने बताइएको छ । अभिनेता खरेलले निर्माता न्यौपानेको प्रेम दिवसबाट अभिनयमा डेव्यु गरेका थिए । चलचित्रको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताएका छन् । 

nepali-movie-raktabeej.jpeg

संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रलाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । संजय न्यौपाने प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता खतिवाडा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । 

अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्धाजले केही समय अगाडी नै कथा सुनाएको र आफुलाई स्कृप्ट र भुमिका निकै मन परेकाले काम गर्न तयार भएको बताए । यो चलचित्रको मुख्य अभिनेत्री लगायत मुख्य भुमिकामा का मगर्ने केही कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ । 

सिनेमा डार्क एक्सन जनरामा निर्माण हुनेछ । असोजबाट फ्लोरमा जाने यो चलचित्रलाई सौरभ लामाले खिच्नेछन् । चलचित्रको सम्पुर्ण छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिनेछ ।