‘महाजात्रा’को टिजर सार्वजनिक

...

फागुन, काठमाडौँ । चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक १ मिनेट १२ सेकेण्ड टिजरमा चलचित्रको बिषयवस्तु प्रष्ट पारिएको छ । पात्रहरु पैसाकै पछि दौडिरहेका छन् । टिजरको बिचतिर पुग्दा विपिन कार्कीलाई एकगाडी पैसा लुकाउन हम्मे हम्मे पर्छ । विपिनलाई साथीहरु रबिन्द्र सिंह बानिया र रबिन्द्र झाले साथ दिएका छन् । 

वरिष्ठ कलाकार हरिवंश आचार्यको भूमिका पनि गज्जबको देखिन्छ । उनले बोरामा हालेर मान्छे कुट्दैछन् । उनको भूमिका भिलेन होकि भन्ने आंकलन दर्शकले गरिरहेका छन् । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।

चलचित्रमा अर्जुन जंग शाही, शिशिर वाङ्देल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कोइराला, अर्विन खड्का लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । चलचित्र आगामी चैत ९ गतेबाट प्रदर्शन हुँदैछ ।