अशोक दर्जीले पहिलोपटक शब्द र संगीत भरेको गीत ‘नशालु आँखा’ सार्वजनिक

...

चैत, काठमाडौं । गायक अशोक दर्जीले पहिलो पटक गीतमा शब्द र संगीत भरेका छन् । उनले ‘नशालु आँखा’ बोलको गीतमा स्वरसँगै शब्द र संगीत दिएका हुन् । उनले यसअघि थुप्रै गीतमा स्वर मात्र दिँदै आएका थिए । टंक बुढाथोकीले एरेन्ज गरेको गीतमा अशोकको एकल आवाज छ । 

१२ बर्षिय अशोकले पहिलोपटक पाँचबर्ष अघि ‘मन बिनाको धन ठुलोकी’ बोलको गीत गाएका थिए । झापा घर भएका अशोलाई काठमाडौं आइसकेपछि गायक तथा संगीतकार टंक बुढाथोकीले गीत गाउने अवसर दिएका थिए । अहिलेपनि टंकले अशोकलाई काठमाडौंमा राखेर अभिभावकत्व दिइरहेका छन् । अशोकको परिवार झापामै रहेका छन् । अशोक काठमाडौंको तिनकुनेस्थित एप्पल इन्टरनेशनल स्कुलमा पढिरहेका छन् । 

अहिले सार्वजनिक ‘नशालु आँखा’ गीतको भिडिओमा अशोक आफै फिचर्ड छन् । उनको साथमा रुस्तम राज रोका, सहिस्मा खड्काको अभिनय रहेको छ । भिडिओलाई डिओपी, निर्देशन र सम्पादन नितिन चन्दको रहेको छ ।