नयाँ वर्षमा मोडल अस्मिता पुरीको हट फोटो सुट (फोटो फिचर)

...

बैशाख, काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा मोडल अस्मिता पुरीले हट फोटो सुट गरेकी छिन् । बिगत सात वर्षदेखी नेपाली म्युजीक भिडिओको मोडलिङमा ब्यस्त अस्मिताले अहिलेसम्म झण्डै ५० भिडिओमा काम गरिसकेकी छिन् । उनले मोडलिङ गरेको भिडिओ मध्ये ‘मुलको पानी’, ‘टिकटक चलाउने’, ‘खोला’, ‘लाम माया छपक्कै’ लगायतका गीत लोकप्रिय छन् । 

model-ashmita-puri-hot-photos.jpg

अहिले फोटो सुट किन भन्ने प्रश्नमा मोडल अस्मिता भन्छिन्, ‘मोडलिङ पेशामा भइसकेपछि दर्शकमाझ आइरहनु पर्ने हुन्छ । त्यसो त मैले यो फोटो सुटलाई हट भन्न रुचाउँदिन, बिभिन्न फरक फोटो सुट गरेकी छु । सायद हरेक मोडलका लागी यत्तिको फोटो सुट चाहिन्छ । यत्तिको ग्ल्यामर सुट नेपाली मोडलिङका लागी नौलो हुन्छ जस्तो लाग्दैन ।’

model ashmita puri photoshoot.jpg

कतिपय नायिकाहरु भाइरल हुनका लागी बिभिन्न समयमा हट फोटो सुट गर्ने गर्छन् कतै तपाई पनि भाइरलकै लागी त हैन भन्ने ज्ञिजाशामा अस्मिता थप्छिन्, ‘भाइरल बन्नका लागी यसरी फोटो सुट गर्नुपर्छ जस्तो लाग्दैन । मैले यो भन्दा अघि गरेका मोडलिङ र फोटो सुटबाट पनि थाहा पाउन सक्नुहुन्छ म भाइरलको पछि लाग्ने गर्दिन । क्षणिक भन्दा पनि दिर्घकालिन काम गर्नुपर्छ भन्ने मान्यता राख्छु ।’

model ashmita-puri-artist-khabar-news-hot.jpg

अस्मिताले नयाँ वर्षको अवसरमा कालो र सातो ड्रेसमा ग्ल्यामरसँगै ब्राइडल फोटो सुट गरेकी छिन् । उनका तस्बिर ‘मेरो क्लिक’ स्टुडियोका सचिन मर्हजनले खिचेका हुन् ।

ashmita puri model 01.jpg