सीताले गरिन् चिवतनका अपाङ्गता भएका बिध्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

...

बैशाख, काठमाडौं । एकखुट्टाले नृत्य गर्ने नृत्यांगना तथा एम.एस नेपाल इन्टरनेशनल २०२३ कि बिजेता सीता सुबेदीले पुर्वी चितवनका ७० जना अपाङ्गता भएका बिध्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेकी छिन् । गएको सोमबार पुर्वी चितवनको बहिरा आधारभुत बिध्यालय बजरहट्टीलाई झोला सहितको शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । सीताले नेपाल र नेपालीको आफ्नै उत्पादन हेम्पबाट बनेको शैक्षिक सामग्री समन्वयकारी भुमिका निर्वाह गरी उपलब्ध गराएकी हुन् ।

sonasik (1).jfif

उक्त सामाग्री बिध्यालयका प्रअ मिठु कुमारी पाठकसँगै कार्यबाहक अध्यक्ष दिपक अधिकारी तथा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुद्दिराज थपलियाको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कोरियामा अध्ययनरत नेपाली बिध्यार्थीहरुको संस्था ूनेपाली बिद्यार्थी समाज कोरिया (सोनसिक)ले सहयोग स्वरूप ५६ हजार रकम उपलब्ध गराएको थियो । समाजमा सकारात्मक सन्देश र उत्तरदायी भुमिका निर्वाहका लागि पनि सोनसिकले सहयोग गरेको संस्थाका अध्यक्ष मेघनाथ पौडेलले बताएका छन् ।

sonasik (5).jfif

नृत्यांगना सुबेदीले सहयोग हस्तान्तरणका लागी समन्वयनकारीको भूमिका निभाउन पाएकोमा खुसी ब्यक्त गरिन् । साथै सोनसिकलाई धन्यवाद दिएकी छिन् । साथै सुबेदीले सोनसिकको सहयोगमा डे केयर चितवनको लागि गएको मंगलबार बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि हेम्पबाट उत्पादित शैक्षिक सामाग्री वितरण गरिन् । 

sonasik (3).jfif