सबै नेपाली चलचित्रमा सवटाईटल हाल्नु जरुरी छः हरिवंश आचार्य (भिडियो कुराकानी)

...

भदौ, काठमाडौं । कलाकार हरिवंश आचार्यले सबै नेपाली चलचित्रमा अंग्रेजी सवटाईटल राख्न जरुरी भएको बताएका छन् । नेपाली चलचित्रको क्षेत्र पछिल्लो समय फैलिँदै गएको अवस्थामा अंगे्रेजी सवटाईटल राख्दा नेपाली चलचित्रको बजार अझ फराकिलो बन्ने बताएका हुन् ।
hari bansa acharye interview on artist khabarचलचित्रलाई अन्तर्राष्ट्रियकरण गराउनका लागी सवटाईटल र अझ सकिन्छ भने अन्य भाषामा पनि डभ गरेर बजार फराकिलो गराउनु पने बताएका छन् । “आज नेपाली चलचित्रको लगानीको कुरा गर्दा एक करोड, डेढ करोडमा मात्र सिमित रहेका छौं, भोली अन्तर्राष्ट्रियण गर्न सकियो भने १० औं करोड लगानी गरेर नेपाली चलचित्र निर्माण गर्न सक्ने अवस्था आउनेछ”, हरिवंशले आर्टिस्ट खबरसँग कुरा गर्दै भने ।

कलाकार हरिवंश आचार्यसँग आर्टिस्ट खबरले गरेको भिडियो कुराकानी हेर्नुहोस् ।