५ लाख पारिश्रमिक मागेका नाजिरले पाउलान् त चलचित्र ?

...

भदौ, काठमाडौं । चलचित्र क्षेत्रमा दर्शकले निकै रुचाएका केहि आर्टिस्टहरुको पारिश्रमिक सोचे भन्दा धेरै हुन्छ । उनीहरुलाई चलचित्रमा लिइयो भने चलचित्र हेर्न दर्शकको ओइरो लाग्छ भन्ने बुझेर निर्माताहरुले भने जति पारिश्रमिक दिने गर्दछन् । केहि समयअघि नायक अनमोल केसीले २० लाख पारिश्रमिक लिने कुराले मिडिया तताएको थियो । साथै निर्देशकहरुले पनि आफ्नो पारिश्रमिक बढाइरहेका छन् ।

यसैबिच पछिल्लो समय फरक भुमिकामा आउने र दर्शकले मन पराउँदै गएका नाजिर हुसैनले पनि ५ लाख पारिश्रमिक मागेका छन् । यो कुरा यतिखेर चर्चाको बिषय बनेको छ । यसरी आँफैले पारिश्रमिक तोक्दा चलचित्र गुम्ने होकि भन्ने सोचेर कतिले पारिश्रमिक कम बोलेका हुन्छन् भने कतिले पारिश्रमिकको अडान लिन्छन् ।

najir-hussain-artist-khabar‘गाँठो’ चलचित्रका नायक नाजिर हुसेनले एउटा चलचित्रमा अभिनय गरेबापत ५ लाख पारिश्रमिक लिने बताएपनि चलचित्र निर्माताहरुले उनलाई लिन या नलिने भन्ने दोदारमा परेका छन् । नाजिरले अब खेल्ने चलचित्र ‘मनोरञ्जन’का लागि ५ लाख पारिश्रमिक माग गरेका हुन् ।

यसरी उनको ठूलो पारिश्रमिक मागका कारण उनी चलचित्रमा हुने नहुने भन्ने फाईनल भएको छैन । सुव्रत आचार्यको निर्देशनमा बन्न लागेको चलचित्रमा नाजिरले गर्ने भुमिका निकै रोचक रहेको जानकारी आएको छ ।