सागर विरहीको ‘मौलिक झाम्रे कचहरी’ गीत सार्वजनिक

...

काठमाडौँ । गायक सागर विरहीको ‘मौलिक झाम्रे कचहरी’ गीत सार्वजनिक गरिएको छ । दुई दशकको संगीत यात्रामा मौलिक धारबाट पर नसरेका सागर विरहीको सार्वजनिक गीत तनहुँ जिल्लामा लोपन्मुख रहेको ‘मौलिक झाम्रे कचहरी’गीत हो । गीतको भिडिओ मौलिक पनि झल्कने गरी तयार पारिएको छ ।

गायक विरहीले पछिल्लो समय मौलिकपन झल्कने गीतलाई हेर्न छाडिएको भन्दै गुनासो पोखेका छन् । उनले भनेका छन्, ‘म केहि कुरा भन्छु, हुन त म भ्युज र न्युजको त्यति भरोसा त गर्दिन तर लोक कलाकारले आफ्नो स्थान भुले मौलिकता भुले भन्दै रोइलो गाउने हाम्रा केहि मनुस्यहरुले यो गीत हेर्छन् कि सुन्छन् कि नाई होला रु गीत संगीतमा भल्गारिटि, उत्ताउलोपन, मोडलका तिघ्रा, महिलाका स्तन, छोटाछोटा कपडा बिक्छ हेरिन्छ । हामी पनि त्यो बाटो हिड्न नसक्ने हैनौ । तर ‘पर्ख र हेर’को प्रतीक्षामा छौँ ।’

सागर विरहीको सृजनामा तयार भएको गीतमा विरहीको अलवा गंगा थापा मगरको स्वर छ । गायक तनहुँ घिरिङका हुन् भने गायिका स्याङजा हरिनाशकी हुन् । भिडिओमामा हेमन्त आले र देवा मगरले अभिनय गरेका छन् । सागर विरहीको निर्देशनमा तयार भएको भिडिओको सम्पादन रोशन गाहा मगरले गरेका छन् । छायांकन सुरेश श्रेष्ठले गरेका छन् ।

रोधी बस्दा हार जितमा सिन्दुर टालो दिने र गोठालो जानेसम्मको बाजी राख्ने र हार्नेले बचन पुरा गर्ने चलन थियो । हारजितमा विहे गर्ने र गोठालो बस्ने परिपाटी हराउदै गएपनि रोधी बसेर रातभर गीत गाउने प्रचलन भने फाट्टफुट्ट पाइन्छ । सोही लोपन्मुख संस्कृतिलाई भिडिओमा उतारेर नयाँ पुस्तालाई संस्कृति हस्तान्तरणमा भूमिका निर्वाहको कोशिस गरेको सर्जक विरही बताउछन् ।
विरहीका ‘माया लाउनेहरुमा’, ‘सम्झना छ भन्देउ’, ‘बस्ती पाल्पााको’ लगायतका दर्जनौ गीत दर्शक स्रोताले मन पराएका छन् ।