‘लाज शरणम्’मा धुर्मुसको केमियो रोल !

...

काठमाडौँ । कलाकार सिताराम कट्टेल (धुर्मुस्)ले नयाँ चलचित्र ‘लाज शरणम्’को छायांकन सकाएर काठमाडौं फर्किएका छन् । उनले गएको साता डोल्पामा भएको छायांकनमा उनी उपस्थित थिए । उनी केहिदिन बसेर आफ्नो पार्टको छायांकन सकाएर काठमाडौं फर्किएका हुन् ।

आर्टिष्ट खबरलाई प्राप्त जानकारी अनुसार चलचित्रमा धुर्मुस्को केमियो (बिशेष तथा थोरै) भूमिका रहेको छ । उनी कस्तो भूमिकामा छन् भन्ने बारे गोप्य राखिएको छ । उनी चलचित्रमा छन् या छैनन् भन्ने बारे निर्माण टिमले कतै बोलेको थिएन । तर छायांकनको सेटबाट एक तस्बिर टिकटकमा सार्वजनिक भएको छ । तस्बिरमा धुर्मुस्सँगै चलचित्रको टिमबाट अर्जुन घिमिरे (पाँडे)लाई देख्न सकिन्छ ।

Laj Saranam Looks of Sitaram Kattel Dhurmus

चलचित्र धुर्मुस्सँगै अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, कमलमणी नेपाल, महेश त्रिपाठी, हरिश निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र आगामी फागुन १४ गते (शिवरात्री)बाट प्रदर्शनमा आउने भनिएको छ ।