ज्वाईँ साबको पोस्टरः बुढ्यौली गेटअपमा जितु

...

काठमाडौँ । कलाकार जितु नेपालको प्रमुख भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साब’ रिलिजको तयारीमा छ । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको सार्वजनिक पोस्टर, टिजर र गीतले फिल्म वृत्त र दर्शकमा बेग्लै हाइप बनाइसकेको छ । यही मेसोमा जितुको बुढ्यौली गेटअपको पोस्टर जितु आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

पोस्टरमा जितुलाई गोवद्र्धन पण्डितको रुपमा चित्रण गरिएको छ । जितुलाई बुड्यौली दर्शाउने चस्मा र सोही अनुरुपको पहिरनमा खुईलिएको तालुले चरित्र बुझाउने प्रयास गरिएको छ । उनको यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता पनि जगाएको छ ।

जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे निर्माण पक्षले केही बोलेको छैन । जितु यतिबेला चलचित्रको प्रमोसनमा व्यस्त छन् । यही व्यस्तताबीच सार्वजनिक उनको गेटअपले कौतुहलता पैदा गरेको छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा वसन्त निरौलाको निर्देशन छ । चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।