‘छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड’ बरदुबईमा डिसेम्बर १ मा हुने

...

काठमाडौँ । आगामी डिसेम्बर १ मा युएईको बरदुबईमा छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड तथा साँस्कृतिक साँझ २०८१ आयोजना हुने भएको छ । रोयल मुभिज प्रा.ली र राष्ट्रिय संगीतकर्मि संघ युएईको आयोजनामा हुने अवार्ड समारोह तथा साँस्कृतिक साँझ बरदुबईको अस्टोरिया होटलमा हुने बताइएको छ ।

आयोजक रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठका अनुसार कार्यक्रममा नेपालबाट दुईदर्जन कलाकारको टिम जानेछन् । साथै दुबईमै रहेका केहि कलाकारहरुको प्रस्तुती पनि रहने बताइएको छ । अवार्डको उत्कृष्ट पाँच मनोनयन एकसाता अघि सार्वजनिक भइसकेको छ ।