अनमोलको ‘कृ’ भदौ १६ मा प्रदर्शन हुने

...

मंसिर, काठमाडौं । नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ आउँदो भदौ १६ गतेबाट प्रदर्शन हुने भएको छ । सुवास इन्टरटेन्मेन्टको निर्माण र ‘द सुपर काजोल’ फिल्मस्को प्रस्तुतीमा निर्माण गरीने यस चलचित्रलाई सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह निर्मातामा श्री पराजुली रहेका छन् । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

anmol-kc-and-aditi-budhathokiचलचित्रमा नवनायिका अदिती बुढाथोकीसँग अनमोल केसीको अभिनय देख्न सकिनेछ । अनमोल केसी अभिनित यसभन्दा अघिको चलचित्र गाजलुको १५ महिना पछि कृ ले प्रदर्शन मिति तय गरेको हो ।