काठमाडौँ । ब्युटि सलोनको दुनियामा आफ्ना सेवाहरुलाई फराकिलो बनाउँदै ‘ईनस्टाइल ब्युटिल हब’ सन्चालनमा आएको छ । सोमबार बिधिवत रुपमा उद्घाटन गरिएको छ । अभिनेत्री रेखा थापाले ईनस्टाइल ब्युटि हबको रिबन काटेर उद्घाटन गरिन् ।
रिबन काट्दै अभिनेत्री थापाले ईनस्टाइलले आफ्नो सेवामार्फत सेवाग्राहीको मन जित्न सफल होस् भन्दै शुभकामना दिइन् । साथै उनले आगामी दिनमा देशका थुप्रै स्थानमा शाखा खोल्न सफल रहोस् भन्दै सलोनको भ्रमण पनि गरिन् । ‘ब्युटि आवश्यक कुरा हो । कतिपयले विवाह भइसकेपछि सुन्दरता हराउँछ भन्छन् तर म त्यो कुरा मान्दिन । विवाह पश्चात सुन्दरता झन् राम्रो भएर आउँछ जस्तो लाग्छ ।’ अभिनेत्री थापाले भनिन् । ‘बिशेषगरी मेकअप अथवा श्रृंगारले आत्मवल बढाउँछ, थप उर्जा दिन्छ । त्यसैले यो सबैका लागी आवश्यक छ ।’
ईनस्टाइल ब्युटि हबकी सन्चालिका लक्ष्मी तामाङले आफ्नो दुबईको डेढ दशकको अनुभवलाई नेपालमै साट्न खोजेको बताइन् । उनले नेपालका धेरै ब्युटि सलोनमा नभएका सेवा आफ्नोमा रहनेपनि दाबी गरिन् । साथै ईनस्टाइलका निर्देशकद्धय इन्द्र तामाङ र राज कार्कीले आफूहरुले दिने सेवालाई थप बलियो बनाउँदै लैजाने जानकारी दिए । कार्यक्रममा मिसेस् नेपाल वल्र्ड २०२४ का बिजेताहरुको पनि उपस्थिती थियो । मिसेस् नेपाल वल्र्ड २०२४ डेनिला कार्की, मिसेस नेपाल इन्टरनेशनल २०२४ सुयसा राउत, एम.एस नेपाल इन्टरनेशनल रेश्मा घिमिरेले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा बैदेशीक रोजगार बोर्डका प्रबन्ध निर्देशक, माला ब्युटि एसिसोर एसोसिएसन नेपालको अध्यक्ष बिमला रिजालसँगै कलाकारहरु गजित बिष्ट, सौगात बिष्ट, सुरज चापागाईं, सुबोध गौतम, सितल शर्मा, स्वानिका बास्तोला, उमेश बराल लगायतको उपस्थिती थियो ।