काठमाडौँ । आज भन्दा त्यस्तै सातबर्ष अघिको कुरा हो, चलचित्र राधेको सुटिङ भइरहेको थियो । त्यो फिल्ममा निखिल उप्रेती मुख्य भूमिकामा थिए । निखिल उप्रेती भनेपछि जो कोहिलाई हेर्न मन पर्छ । त्यस्तै कलाकार बन्न चाहानेहरुले निखिल जस्तै बन्न पाए हुन्थ्यो भन्ने लक्ष्य राख्छन् । उक्त राधे चलचित्रको सुटिङमा स्पोर्ट ब्वाय अर्थात सुटिङमा सामान यताउता गर्ने सहयोगीको रुपमा काम गर्ने युवा थिए सुवास शर्मा । निखिल उप्रेतीको काम र क्रेज देखेपछि सुबासलाई पनि आफू पनि कलाकार बन्नुपर्यो भन्ने चाहना जागेर आयो । त्यसपछि उनी निरन्तर कसरी कलाकार बन्न सकिन्छ त्यता तिर ध्यान लैजान थाले । अहिले उनी सुवास नेपाली म्युजिक भिडियो मोडलिङका ब्यस्त मोडल बन्न सफल भएका छन् । उनले अहिलेसम्म ३० वटा भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । निरन्तर उनी मोडलिङमा सक्रिए छन् ।
बास्तविक नाम सुवास बजगाई भएपनि सुवास शर्माबाट निचिएका उनी पछिल्लो समय आएका अफरहरुबाट छानेर भिडियोमा काम गर्ने गर्छन् । उनले पहिलोपटक मोडलिङ गरेको गीत बेबी लभ यु हो । जसमा करुण राज गिरीको स्वर रहेको छ । त्यसपछि उनले मोडलिङमा अझ राम्रो गर्नुपर्छ भन्ने लागेर थप मिहिनत गर्दै गए । चिनजान बढ्दै गएपछि उनलाई अफर पनि आउन थाले । बिस्तारै उनको अभिनयमा पनि निखारता आउँदै गयो । सुरुवातका दिनमा मोडलिङ बाट दर्शकको माया पाउछु होलाकि नाई भन्ने दोदारमा रहेका सुबासले आफ्नो सपना पुरा गरेको बताउँछन् । उनले सपना पुरा भएपनि अझै यो क्षेत्रमा धेरै गर्नुबाँकी र अझै करोडौं दर्शकले मन पराउने गीत गर्ने चाहाना भएको बताएका छन् ।
सुबासले काम गर्दै जाँदा बि.स. २०७८ सालमा राष्ट्रिय काँठे लोक दोहोरी अवार्र्डबाट उत्कृष्ट ५ मोडलको लिस्टमा पर्न सफल भए । त्यसपछि आफूलाई झनै राम्रो काम गर्नुपर्ने रहेछ, काम गर्दै जाँदा कामको मुल्यांकन हुने रहेछ भन्ने लागेको सुनाउँछन् । त्यसपछि उनले अन्य अवार्डहरु पनि हात पारे । ज्योती फिल्मस् अवार्ड, एपिक अवार्ड, जय प्राप्ती म्युजिक अवार्ड लगायतबाट उनले अवार्ड पाउँदै गए । सुबासले कोभिडको समयमा २०१९ मा अमेरिकामा आयोजीत हामी नेपाली ग्लोबल अवार्डबाट कोभिडको समयमा पनि आम मानिसलाई आफ्नो काममार्फत सन्देश फैलाएको भन्दै हिरो अवार्ड पनि प्राप्त गरेका थिए ।